Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोना भाइ´रस तीब्र रूपमा फैलिदैछ, नेपालका विद्यालय किन बन्द नगरेको ? – बाबुराम भट्टराई

Spread the love

काठमाडौं – समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोना प्र´कोप फैलिन नदिन विद्यालय बन्द गर्नुपर्ने बताएका छन् ।

कोरोना भाइरसको प्र´कोप विश्वभर फैलिरहेको र खुला सीमाना भएको छिमेकी भारतमा समेत तीव्र रुपमा फैलिँदा नेपालतर्फ भने स्कुल कलेज बन्द नगरेर ला´परवाही गरेको भन्दै भट्टराईले सरकारसँग असन्तुष्टि जनाएका छन् ।

परीक्षाभन्दा बालबालिका र विद्यार्थीको ज्या न ठूलो भएको बताउँदै उनले परीक्षा केही हप्ता पर सार्दा आकाश नखस्ने टिप्पणी गरेका छन् ।

भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘कोरोनाभइर सको प्र´कोप विश्वभरि फैलिरहेको र खुला सीमाना भएको भारतमा झन् तीब्र रूपमा फैलिरहेको स्थितिमा हामीले चाहिं स्कूल केही दिन÷हप्ता बन्द गर्न किन हे´लचक्र्याइँ गरेको हो ? छोराछोरीको जीवन प्रमुख कि परीक्षा ? परीक्षा केही हप्ता पर सार्दा कुन आकाश खस्छ ? सत्ताधारी कमरेडहरूको ध्यान जाला ?’

नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियूले पनि विद्यालय बन्द गर्नुपर्ने माग गर्दै आइरहेको छ । त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विद्याथलय बन्द गर्न आग्रह गर्दै आइरहेको छ । तर, सरकारले भने तत्काल विद्यालयहरु बन्द नगर्ने निर्णय लिएको छ ।

कोरोनाभइरसको प्र´कोप विश्वभरि फैलिरहेको र खुला सीमाना भएको भारतमा झन् तीब्र रूपमा फैलिरहेको स्थितिमा हामीले चाहिं स्कूल केही दिन/हप्ता बन्द गर्न किन हेलचक्र्याइँ गरेको हो?छोराछोरीको जीवन प्रमुख कि परीक्षा? परीक्षा केही हप्ता पर सार्दा कुन आकाश खस्छ?सत्ताधारी कमरेडहरूको ध्यान जाला?

Leave a Reply

Your email address will not be published. Required fields are marked *