Butwal Sandesh

Best Nepali Online Newspaper

चर्चित फुटबलर रोनाल्डोलाई कोरोना सं´क्रमण नभएको पुष्टि

Spread the love

पोर्चुगल एवं युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइ´रस नभएको पुष्टि भएको छ । कोरोना सं क्रमणको आशं´कामा रोनाल्डो अहिले घरमै ‘क्वारेन्टाइन’ बसेका छन् ।

परिवारलाई भेट्न पोर्चुगल पुगेका रोनाल्डो आमालाई भेटेर इटाली फर्कनुअघि कोरोनाको आशं´कामा ‘क्वारेन्टाइन’ बस्नु परेको थियो । युभेन्ट्समा रोनाल्डोका सहकर्मी ड्यानियल रुगानीलाई कोरोना सं क्रमण भएको पुष्टि भएपछि रोनाल्डोलाई घरमै क्वारेन्टाइनमा राखिएको थियो । उनी आफ्नै सात तले घरको टपमा बसेका थिए ।

ड्यानियलको सम्पर्कमा रहेका रोनाल्डोलाई पनि सुरुमा कोरोना भएको आशं´का गरिएको थियो । तर पोर्चुगलको मडेरा क्षेत्रीय सरकारका अध्यक्ष मिगेल अल्बुकर्कले रोनाल्डोलाई परिक्षणको क्रममा कोरोना सं क्रमण नदेखिएको बताएका छन् । रोनाल्डोको स्वास्थ्यको विषयमा चासो हुनु स्वभाविक हो । हामीले उनको स्वास्थ्य अवस्थालाई राम्रोसँग नियालिरहेका छौं । अहिले उनमा सं क्रमणको कुनै लक्षण र सम्भावना छैन,’ अध्यक्ष मिगेलले भनेका छन् ।

यसअघि बुधबार रोनाल्डोलाई कोरोना भएको र उनी क्वारेन्टाइनमा बस्नु परेको समाचारलाई विश्वभरका सञ्चार माध्यामले प्राथमिकताका साथ प्रकाशित गरेका थिए । पोर्चुगलका चर्चित सञ्चार माध्यामले पनि यस विषयलाई मुख्य समाचार बनाएका थिए । रोनाल्डोका सहकर्मी युभेन्ट्सका ड्यानीयल सं क्रमणका कारण अहिले उपचार गराई रहेका छन् । युभेन्ट्सका अन्य खेलाडी र अफिसियललाई पनि क्वारेन्टाइनमै राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *