Butwal Sandesh

Best Nepali Online Newspaper

८० किलो तौलको नेपालकाे सबैभन्दा ठूलाे खु’कुरी । यसको उचाई साढे १० फिटको छ ।

Spread the love

पर्वत जलजला गाउँपालिका–२ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले ८० किलोको खु’कुरी निर्माण गर्नुभएको हो । तीन महिनाको अवधिमा उनको नेतृत्वमा चार जनाको टोलीले हालसम्मकै सबैभन्दा ठूला सो खु’कुरी तयार गरेको हो । ८० किलोको खु’कुरीको उचाई साढे १० फिटको छ ।

गत मङ्सिर ४ गतेदेखि खु’कुुरी बनाउन शुरु गरी माघ २९ गते सम्पन्न भएको उनले जानकारी दिए । उनले माझफाँटमा डिलु आरान उद्योग सञ्चालन गर्दै आएका छन् । उनका अनुसार याे नै नेपालकाे अहिलेसम्मकाे सबैभन्दा ठूलाे खु’कुरी हाे ।

सुनारसँगै अर्जुन विक, सन्तोष विक र हरिलाल विकको समूहले तीन महिनाको अवधिमा बनाएको खुकुरी अहिले पर्वत बेनीमा जारी १३औँ गण्डकी प्रदेशस्तरीय महिला महोत्सवमा पदर्शनीमा राखिएको थियो । प्रदर्शनीमा अ‌ाएका दर्शकहरुले खु’कुरीलाई चासो र जिज्ञासा साथ अवलोकन गरिरहेकाे रेडियो दिदी बहिनीकी अध्यक्ष कल्पना चापागाईंले बताइन् ।

महोत्सवको मञ्चको छेउमा खु’कुरीलाई ठाडो पारेर सबैले देख्न सक्ने गरी राखिएको थियो । खु’कुरीमा फलामसँगै बिँडमा सालको काठ र काँजोमा चाँदी र पित्तल प्रयोग गरिएको छ ।’तीन वर्षदेखि ठूलो खु’कुरी बनाउने योजना बनाएको थिएँ, फलामको साइज नेपालमा नभेटिएपछि भारतबाट मगाएको हूँ’- दुर्गाबहादुरले भने ।

उनका अनुसार खु’कुरी निर्माणमा दुई लाख रुपैयाँ खर्च भएको छ । सामान खरिद गर्न र चार जनालाई तीन महिनाको पारिश्रमिक खर्चसमेत आफैँले जुटाएर खु’कुरी बनाएका सुनारले आफ्नो लगानी उठ्ने गरी सङ्ग्राहलयमा राख्नका लागि सो खु’कुरी बिक्री गर्ने योजना बनाएको जानकारी दिए ।

आफ्ना अभिभावकले गर्दै आएको आरान पेशालाई आधुनिकीकरण गरेका सुनारले आकर्षक त’रबार, खु’कुरी, दा’उ, आँ’सीलगायतका ह;तियारसँगै फलामका भाँडासमेत बनाउँदै आएका छन् । उनले महोत्सव परिसरमा आफ्नो उद्योगमा निर्माण गरिएका हातह’तियार र औजार सामग्रीलाई समेत बिक्री वितरणका लागि प्रदर्शनीमा राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *