Butwal Sandesh

Best Nepali Online Newspaper

चीनले लगायो अमेरिकालाई यस्तो आ*रोपः ‘अमेरिकी सेनाले वुहानमा कोरोना भा*इरस ल्याए’

Spread the love

चीनको विदेश मन्त्रालयका एक प्रवक्ताले बिहीबार अमेरिकी सेनाले चीनको वुहानमा कोरोना भाइ रस ल्याएको हुनसक्ने बताएका छन्। बेइजिङबाट ग्याब्रियल क्रसलेले रोयटर्सका लागि लेखेको समाचारमा जनाइएअनुसार ती प्रवक्ताले वासिङटनसँग भाइरसलाई लिएर कडा शब्दमा वाक्युद्ध गरेका हुन्।

केही दिनयता अमेरिकी अधिकारीहरुले चीनको वुहानमा सुरु भएको भाइ रस फैलिन नदिन चीनले सुरुवाती चरणमै आवश्यक कदम नचालेकोले विश्व नै सं क्रमित भएको आ*रोप लगाउँदै आएका थिए। बुधबार मात्रै अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्राइनले चीनले सुरुमै प्रभावकारी कदम नचाल्दा विश्वभर फैलिएको आ*रोप लगाएका थिए।

क*डा शब्दमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानको प्रमाणित ट्विटर एकाउन्टमा अंग्रेजीमा गरिएको ट्विटमा अमेरिकाले पारदर्शिता नदेखाएको आ*रोप लगाइएको छ। ‘अमेरिका बि’रामी शून्य अवस्थामा कहिलेदेखि थियो? कति सं क्रमित छन्, ती अस्पतालका नामहरु के हुन्? सम्भवतः तिनै अमेरिकी सेना हुनसक्छन्, जसले वुहानमा कोरोना भाइ रस ल्याए।’, झाओले भनेका छन्, ‘पारदर्शी होऊ, तथ्यहरु सार्वजनिक गर, हामीलाई विस्तृत जानकारी चाहियो।’

झाओलाई आ*क्रामक ट्विटर प्रयोगकर्ता मानिन्छ। तर उनले ट्विटरमा भाइ रस फैलाएको अमेरिकी सेनालाई आरोप लगाए पनि यसको प्रमाण भने दिएका छैनन्। बिहीबार झाओकै समकक्षी विदेश मन्त्रालयका अर्का प्रवक्ता गेंग शुआंगले अमेरिकी अधिकारीहरुको आ*लोचना गर्दै अनैतिक र अनुत्तरदायी भन्ने प्रतिक्रिया दिएका थिए। अमेरिकी अधिकारीले बेइजिङको भाइ रसविरुद्धको कदम प्रभावकारी नहुँदा विश्वमा म हामारी सृजना भएको आ रोप लगाएपछि गेंगले आलोचना गरेका हुन्।

ओब्राइनको प्रतिक्रियालाई लिएर बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा गेंगले यस्ता धारणाले कुनै सहयोग नगर्ने टिप्पणी गरेका थिए। कोरोना भाइ रस सं क्रमण २०१९ को डिसेम्बरमा पहिलोपटक चीनको वुहानमा देखिएको थियो। त्यसलगत्तै हुबेई प्रान्तमा फैलिएको थियो। जहाँ विश्वका सं क्रमणको दुई तिहाइ भेटिएको थियो। तर केही सातायता भने चीनबाहिर भाइ रस सं क्रमण तीव्ररुपमा फैलिएको छ। चीनले भाइ रस रोक्न हुबेई पूरै बन्द गरेको थियो भने वुहानमा समेत ठप्प पारिएको थियो।

हालसम्म विश्वमा १ लाख ४० हजार हाराहारीमा सं क्रमण फैलिएको छ भने ५ हजार भन्दा बढीको मृ त्यु भएको छ। अमेरिकामा १८४० जनामा सं क्रमण र १२३ जनाको मृ त्यु भइसकेको छ। चीनमा सं क्रमितको संख्या निकै घटेर लगभग शून्यको अवस्थामा झरेको छ भने सं क्रमितहरू धेरै निको भएर घर फर्केका छन्। बुधबार वुहान पुगेर राष्ट्रपति सी चिनफिङले कोरोना भाइ रस सं क्रमण चीनमा समाप्त भएको घोषणा गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *