Butwal Sandesh

Best Nepali Online Newspaper

द*लितसँग विवाह गरेको भन्दै माइतीपक्ष*बाटै युवती अप*ह’रण

Spread the love

जे हुन्छ हाम्रो नेपाल मै हुन्छ

तल्लो जातसँग विवाह गरेको भन्दै माइती पक्षले अ’पह’रणको शैलीमा श्रीमान्बाट ‘खो’सेर लगेकी युवती नौ दिनदेखि बे’पत्ता भएकी छिन् । सिरहाको लहान नगरपालिका–२२ बर्छवाका मुकेश विश्वकर्माकी पत्नी मधुकुमारी यादवलाई १८ फागुनमा माइती पक्षले ज’ब’र्ज’स्ती लगेको थियो । त्यसयता युवतीको अवस्था अ’ज्ञात छ । तल्लो जातसँग विवाह गरेको भन्दै आफ्नी पत्नीलाई बर्छवास्थित घरबाटै ज’ब’र्ज’स्ती’ खोसेर लगेको २३ वर्षीय मुकेश विश्वकर्माले बताए ।

‘म आफ्नै घरमा थिएँ, १८ फागुनको राति विष्णुदेव यादवसहितको समूह आएर मेरी श्रीमतीलाई उठाएर लग्यो,’ मुकेशले नयाँ पत्रिकासँग भने, ‘प्र*तिवाद गर्दा ‘ज्या’न ‘मा’र्ने ध”म्की दिए । त्यसयता मेरी श्रीमती बे’पत्ता छिन् ।’ नयाँ पत्रिकामा मणिलाल विश्वकर्माले यो समाचार लेखेका छन् । लक्ष्मीपुर पतारी गाउँपालिका–२ स्थित जनता डोमी प्राविधिक विद्यालयमा पढिरहेका मुकेश र लक्ष्मीपुर पतारीकी २१ वर्षीया मधुकुमारीले गत ५ मंसिरमा लहानस्थित राम मन्दिरमा विवाह गरेका थिए । यस्तै, २९ माघमा सिरहा जिल्ला अदालतले दुईबीच पति–पत्नीको नाता कायमको फैसला गरेको थियो ।

प्रहरी भन्छ– ‘खोज्दै छौँ’ घ’टनापछि २० फागुनमा आफूले श्रीमती खोजबिनका लागि जिल्ला प्रशासन कार्यालय सिरहामा निवेदन दिए पनि फे’ला नपरेको उनले बताए । प्रहरीले भने युवतीको खोजी गरिरहे पनि फेला पर्न नसकेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी विनोद घिमिरेले जिल्ला प्रशासनमार्फत आएको पत्रसहित केटीको खोजी गर्न इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीलाई पत्राचार गरिएको बताए । ‘प्रहरी निरन्तर गाउँ पुगिरहेको छ,’ उनले भने, ‘तर, फेला नपरेकाले बुझाउन पाएका छैनौँ ।’

लगातार ज्या’न मा’र्ने ध’म्की

विवाहपछि विभिन्न खाले ध’म्की व्यहोरेका मुकेशलाई श्रीमती हराएको भन्दै जिप्रकामा निवेदन दिएपछि पनि ‘ज्या’न ‘मा’र्ने ‘ध’म्की आइरहेको छ । ‘मञ्जुरीमै विवाह गरेको भए पनि मलाई लगातार ‘ध’म्की आउने गरेको थियो । ती सबै सहँदै आएको थिएँ,’ उनले नयाँ पत्रिकासँग भने, ‘१८ फागुनको घटनापछि जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएँ । त्यसपछि गाउँनजिकै पर्ने सीतापुर बजारमा चलाएको गहना पसलमा शनिबार बिहान दुईजना आएर ‘ध’म्क्या’ए । पसल चलाउन, बजार आउजाउ गर्न र गाउँमा बस्न पनि असुरक्षा महसुस हुन थालेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *