Butwal Sandesh

Best Nepali Online Newspaper

अलिबाबाका संस्थापक चिनिया बिलिनियर बने एसियाकै धनी व्यक्ति, मुकेस अम्बानी एक नम्बरबाट झरे दोश्रोमा

Spread the love

कोरोना भाइरसका कारण विश्वको शेयर बजारमा उथलपुथल आइरहँदा विश्वका अर्बपतिहरुको सम्पत्तिमा पनि तीव्र उता´रचढाव आइरहेको छ ।

यसबीचमा विश्वका चर्चित कम्पनीहरुको शेयर मूल्यको गिरावटका कारण कैयन् धनाढ्यहरुले अर्बौँडलर गुमाएका छन् । यसरी गुमाउनेमा एसियाका नम्बर वान धनाढ्य रहेका भारतीय अर्वपति मुकेस अम्बानी पनि रहेका छन् ।

अम्बानीले सोमबार एकै दिनमा झण्डै ९ अर्ब डलर गुमाउँदा एसियाकै सबैभन्दा धनी व्यक्तिको बरियता पनि गुमाउनु परेको छ ।

यो सँगै रिलायन्स कम्पनीका मालिक मुकेस अम्बानीलाई पछि पार्दै चिनियाँ अनलाइन कम्पनी अलिबाबाका संस्थापक ज्याक मा एसियाका सर्वाधिक धनी व्यक्तिको पहिलो नम्बरमा उक्लिएका छन् ।

ब्लुम्बर्गको अर्वपति सूचकांकका अनुसार मार्च ९ का दिन शेयर मूल्यको गिरावटका कारण अम्बानीले ५ अर्ब ८० करोड डलर गुमाए । यद्यपि १० तारेखमा शेयर मूल्यमा भएको सुधारले उनले झण्डै ४६ करोड ७० लाख डलर भरपाइ गर्न सफल भएका छन् । मार्च ९ मा रिलायन्स इन्डस्ट्रिजको शेयर मूल्य १२ प्रतिशतले घटेको थियो ।

अम्बानीको कूल सम्पत्ति ४२ अर्ब ३० करोड डलर रहेको छ । जबकी ज्याक मा को सम्पत्ति ४५ अर्ब ७० करोड डलर छ ।

सम्पत्तिमा गिरावट आएसँगै अम्बानी विश्वका अर्बपतिको सूचीमा १९ औँ नम्बरमा झरेका छन् । जबकी ज्याक मा १८ औँ स्थानमा उक्लिएका छन् ।

चीनबाटै फैलिएको कोरोना भाइ रसले अलिबाबा कम्पनीलाई समेत ठूलो असर पूराएको भएतापनि क्लाउड कम्प्युटिङ एपको उच्च मागले कम्पनीको आम्दानीमा भरथेग गरेको बताइएको छ ।

स्मरण रहोस् सन् २०१९ मा अम्बानीले आफ्नो सम्पत्तिमा १७ अर्ब डलर थप गरेका थिए भने ज्याक मा ले ११ अर्ब ३० करोड डलर थप्न सफल भएका थिए । एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *