Butwal Sandesh

Best Nepali Online Newspaper

आफ्नो रितिरिवाज नभुलौ । हेर्नुहोस हाम्रो रिवाज अमेरिकामा लागु, ह्वाइट हाउसमा ट्रम्पले गरे आयरल्यान्डका प्रधानमन्त्रीलाई नमस्ते

Spread the love

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आयरल्यान्डका प्रधानमन्त्री लिओ भरदकरले एकअर्कालाई नमस्कार गरी अभिवादन गरेका छन्।

बिहीबार राष्ट्रपति ट्रम्पको ओभल अफिसमा भएको भेटघाटमा उनीहरूले एक अर्कासँग हात मिलाउनुको साटो नमस्कार गरेका हुन्।

विश्वभर कोरोना भाइरसको सं क्रमण बढेपछि स्वास्थ्य अधिकारीहरूले हात नमिलाउन र एकअर्कासँग पर बस्न आग्रह गरेका छन्। यसो गर्दा कोरोना भा इरस सर्ने जोखिम कम हुन्छ।

त्यही सुझावलाई मानेर दुई देशका प्रमुख नेताले ह्वाइट हाउसमा नमस्कार गरेका हुन्।

सेन्ट प्याट्रिक्स डेको एक दिनअघि आयरल्यान्डका सरकार प्रमुख अमेरिकी राष्ट्रपतिलाई भेट्न जाने परम्परा छ।

‘हामीले आज हात मिलाएनौं,’ ट्रम्पले भने,’हामीले एकअर्कालाई हेर्यौं र अब के गर्ने भनेर भन्यौं। त्यो एक खालको अनौठो भावना थियो।’

उनले नमस्कार गर्ने चलन भारत भ्रमणबाट सिकेको बताएका छन्।

‘म केही समयअघि मात्रै भारत भ्रमणबाट फर्केको छु,’ उनले भने,’मैले त्यहाँ कसैसँग हात मिलाएको थिएन र त्यसो गर्नु सजिलो पनि थियो किनकी त्यहाँ त्यस्तै चलन छ।’

उनले दुई दिने भारत भ्रमणमा कसैसँग हात नमिलाएको बताए पनि प्रधानमन्त्री नरेन्द्र मोदीसँग हात मिलाएको तस्विरहरू सार्वजनिक भएका थिए।

अमेरिकामा कोरोनाभाइरस सं क्रमित बिरामीको संख्या १३ सय पुगेको छ। सुरूदेखि नै कोरोना भाइरसले केही गर्न सक्दैन भन्दै आएका ट्रम्पले पछिल्लो समय भने आफ्ना केही कार्यक्रम रद्द गर्न थालेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *