Butwal Sandesh

Best Nepali Online Newspaper

अमेरिकामा एकैसाथ सयभन्दा बढी गाडी दु’र्घटना

Spread the love

एजेन्सी : अमेरिकाको टेक्सास राज्यको अन्तरराज्य सडकमा बिहीबार बिहान एउटा अचम्मको सडक दु’र्घटना भएको छ। बिहान ६ बजेतिर सडकमा एक सयभन्दा बढी सवारी साधन आपसमा ठो’क्किएका छन्। दु’र्घटनामा परी अहिलेसम्म ६ जनाको मृ,त्यु भएको न्युयोर्क टाइम्सले जनाएको छ।

दर्जनौं मानिसहरू आफ्नो सवारी भित्रै थुनिएका थिए। बरफका कारण सडक चिप्लो भएका कारणले दु’र्घटना भएको हुन सक्ने बताइएको छ। फोर्ट वर्थ फायर डिपार्टमेन्टका अनुसार दु’र्घटनामा १८ चक्के र कारहरू परेका हुन् ।

स्थानीय सञ्चारमाध्यमले प्रसारण गरेका भिडिओमा एउटा गाडी माथि अर्को गाडी चढेको देखिएको छ। दु’र्घटनामा परी घा’इते भएका ३६ जनालाई अस्पताल लगिएको छ ती मध्ये ३ जनाको अवस्था ग’म्भीर छ । ६५ जनालाई सामान्य उपचार गरिएको छ ।

फायर डिपार्ट मेन्टका एक जना प्रवक्ताले खप्टिएका सवारी निकाल्न ट्रकको प्रयोग गरिएको र हरेक गाडीमा ड्राइभर र यात्रु छन् कि भनेर खोजिएको बताए । दु’र्घटनाबारे थप अनुसन्धान भइ रहेको अधिकारीहरूले बता एका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *