Butwal Sandesh

Best Nepali Online Newspaper

सरकारले बेलायतबाट नेपाल आउने यात्रुलाई नेपाल प्रवेसमा रोक,यी ठाउँमा संक्रमण रोक्न पुन लकडाउनको घोषणा

Spread the love

काठमाडौं । सरकारले बेलायतबाट नेपाल आउने यात्रुको आगमनमा रोक लगाउने निर्णय गरेको छ । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले यात्रा प्रतिबन्ध ‘ट्राभल रेस्टिरेसन’ जारी गर्दै बेलायतमा कोभिड–१९ ले स्वरुप बदलेसँगै सङ्क्रमण तीव्र भएकाले त्यहाँबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाइएको जनाएको छ ।

क्यानले नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई यस्तो निर्देशन दिएको हो । अब बेलायतबाट कुनै पनि एयरलाइन्सले सिधा उडानबाट वा बेलायतको कुनै पनि विमानस्थलमा ट्रान्जिटमार्फत यात्रु ल्याउन पाउने छैनन् । बेलायतमा सङ्क्रमण तीव्र भएपछि विश्वका कैयौँ देशले उडानमा प्रतिबन्ध घोषणा गरिएको जनाइएका छन् । युरोपेली मुलुक, मध्यपूर्वी तथा कतिपय एशियाली मुलुकले समेत उडान प्रतिबन्ध गरिसकेका छन् ।

त्यस्तै विश्व समुदायले कोभिड–१९ विरुद्धको खोप विकास र परीक्षणका नतिजाहरू सार्वजनिक भइरहेका समय महामारी पुनः फैलिन थालेको भन्दै यूरोपका अधिकांश मुलुकहरूले लकडाउनको योजना सार्वजनिक गरेका छन् ।

केही साता यता बेलायतमा बढ्दै गएको कोरोना भाइरसको संक्रमणलाई कम गर्नका लागि यो समयमा लकडाउन गर्नु परेको बेलायती अधिकारीहरूले बताएका छन् ।

बेलायतमा कोरोना भाइरसको खोप लगाउने प्रक्रिया चलिरहँदा पनि यसको प्रभावलाई कम गर्न लकडाउनको विकल्प नभएको विशेषज्ञहरुले सुझाब दिएपछि यूरोपेली मुलुकहरूले उक्त विकल्प रोजेका हुन् । बेलायतले महामारी नियनत्रणका लागि चौथो चरणको प्रतिबन्धात्मक नियमहरू जारी गरेको छ ।

कोरोना भाइरसको तेश्रो लहर शुरु भएको अष्ट्रेलियाको भिक्टोरिया राज्य र सिड्नी शहरमा कोरोना नियन्त्रणका लागि सीमा नाका बन्द गरिएको छ । सिड्नीको उत्तरी क्षेत्रमा कोरोना संक्रमितहरुको दर बड्दै गएपछि भिक्टोरियाको क्षेत्रीय प्रसासनले सीमा नाका बन्द गर्ने र सर्वसाधारणलाई १४ दिन बाहिर निस्कन नदिने निर्णय गरेको हो ।

यसैगरी कोभिड–१९ बाट बढी प्रभावितमध्येको अर्को यूरोपेली मुलुक इटलीमा पनि सोमबारदेखि १५ दिनसम्म महामारी नियन्त्रणका विभिन्न उपायलाई सक्रिय गरिएको छ ।

अङ्ग्रेजी नयाँ वर्ष र क्रिश्चियन धर्मावलम्बीहरूको प्रमुख चाडलाई महत्व दिइने ती मुलुकहरूमा पर्व र नयाँ वर्षका समय ठूला जमघट र आवागमन हुने सम्भावना रहेको भन्दै यूरोपेली अन्य मुलुकहरूले पनि महामारी नियनत्रणका विभिन्न उपायलाई अवलम्बन गर्ने बताएका छन् ।

त्यस्तै बेलायतमा कोरोनाभाइरसको नयाँ र बढी सङ्क्रामक समस्या उत्पन्न भएपछि भारतले बेलायतबाट भारतका लागि हुने सबै उडानहरूलाई अस्थायी रूपमा स्थिगित गर्ने निर्णय गरेको छ ।

बेलायतबाट हुने उडानलाई अस्थायी रूपमा रोक्ने केही यूरोपेली मुलुकहरूसहितले गरेको निर्णयसँग मेल खाने निर्णय भारतले पनि गरेको हो ।

“बेलायतकोे कोभिड–१९ सिर्जित विद्यमान अवस्थालाई ध्यानमा राख्दै भारत सरकारले बेलायतबाट भारत आउने सबै उडानहरूलाई यो वर्षको डिसेम्बर ३१ सम्म स्थगित गर्ने निर्णय गरेको छ,” उड्डयन मन्त्रालयले ट्वीटमा भनेको छ ।”

उडान स्थगितको यो निर्णय मङ्गलबार राति ११ः५९ बाट लागू हुने बताइएको छ ।

‘प्रशस्त सावधानीको उपाय’ का लागि लिइएको यो निर्णय ट्रान्जिट उडानमा बेलायतबाट आउने यात्रीहरूका लागि भने पूर्णतया लागू हुने छैन अर्थात् आगमनमा आरटी–पीसीआर परीक्षणको रिपोर्ट भएमा उनीहरूलाई सम्बन्धित गन्तब्यमा जान रोक लगाइने छैन ।

बेलायतमा ठूलो सङ्ख्या भारतीय प्रवासीहरूको छ र त्यहाँ प्रति दिन धेरै उडानहरू हुने गर्छन् । लन्डन र नयाँ दिल्ली तथा लन्डन र मुम्बईबीचमा हुने उडानबाट दैनिक सयौं मानिसहरू बेलायत जाने र बेलायतबाट फर्किने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *