Butwal Sandesh

Best Nepali Online Newspaper

Love💏 हुँदाहँदैपनि सलमान र कैटरीना एक हुन नसक्नुको कारण यस्तो रहेछ, बल्ल बाहीरियो वास्तविकता

Spread the love

एजेन्सी । बलिउडका सुपरस्टार सलमान खानले ऐश्वर्य रायलाई साँचो माया गरेका थिए । तर उनी आफ्नो मायामा सफल हुन सकेनन् । ऐश्वर्यपछि सलमानको जीवनमा कैटरीना कैफले प्रवेश गरिन् । उसो त सलमानको नाम बलिउडमा प्रवेश गर्ने प्राय सबै नयाँ हिरोईनसंग जोडिएकै हुन्छ । तर सलमानले ती सबै नाम जोडिएकालाई साँचो माया भने गरेका हुँदैनन् ।

यसै प्रसंगमा कुरा गर्ने हो भने सलमानले साँचो माया ऐश्वर्यपछि कैट्रिनालाई नै गरेका हुन् । तर केही कारणले गर्दा उनी यो आफ्नो प्रेममा पनि सफल हुन सकिरहेका छैनन् । सलमान र कैट्रिनाको जोडीलाई कुनै समय बलिउडमा निकै नै रुचाईन्थ्यो । सलमान र कैट्रिनाका फ्यानहरुले त अहिले पनि सलमानले कैट्रिनालाई बिहे गरिदिए हुन्थ्यो भन्ने चाहाना राखि राखेकै छन् । तर फ्यानहरुको यो चाहाना भने पुरा हुन सकिरहेको छैन ।

सलमानले कैफको करियरलाई उचाईमा पुर्याउँन निकै मद्दत गरे । उनीहरु एकसाथ ५ वर्ष सम्बन्धमा रहे । तर, मिडिया रिपोर्टका अनुसार सलमानको रिसाहा, पोजेसिव बानीका कारण कैफ दिक्क भएकी थिइन् । यसैबीच, ‘राजनीति’ को शुटिङको सिलसिलामा उनले रणवीर कपूरलाई भेटिन् । उक्त समय कपूर दीपिका पादुकोणसँग सम्बन्धमा थिए । तर, कैटरिनासँग सम्बन्ध बढाउन रणवीरले दीपिकालाई धोका दिए ।

त्यसपछि, कैटरिनाको सम्बन्ध रणवीर कपूरसँग गाँसियो र सलमान खानसँग दुरी बढ्यो । रणवीरसँगको नजिकपनले सलमानसँग टाढिइन् कैटरिना । सम्बन्ध सकिएपछि पनि सलमान र कैफ एक अर्कासँग आरोप प्रत्यारोपमा उत्रिएनन् । उनीहरु अहिले पनि एक अर्कालाई सम्मानका साथ भेटघाट गर्ने गर्छन् ।

कैजाद गुस्तादको फिल्म ‘बुम’ बाट बलिउड प्रवेश गरेकी कैफको पहिलो फिल्म भने ‘मैंने प्यार क्यों किया’ लाई मानिन्छ । उक्त फिल्ममा उनीसँगै देखिएका सलमान खानको जोडी पनि निकै चर्चामा आयो । त्यसपछि उनीहरुले एकसाथ ‘पार्टनर’, ‘युवराज’, ‘एक था टाइगर’ जस्ता फिल्ममा काम गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *