Butwal Sandesh

Best Nepali Online Newspaper

ओलीले दिएको जवाफी प्रतिवेदन पढेपछि प्रचण्डले यसो भने…

Spread the love

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले अहंकार देखाएको प्रतिकृया दिएका छन् । प्रचण्डले पेश गरेको प्रतिवेदनको जवाफ ओलीले शनिवार बसेको पार्टी सचिवालय बैठकमा लिखित रुपमा पेश गरेपछि प्रचण्डको यस्तो भनाई आएको हो । ओलीले गल्ती स्वीकार नगरेको र अहंकार देखाएको उनको भनाई थियो ।

कात्तिक २८ गते दाहालले सचिवालयमा १९ पेजको प्रस्ताव पेश गरेका थिए । जसमा सरकार सञ्चालनदेखि पार्टी सञ्चालनमा असफल भएको, भ्रष्टाचारमा डुबेको लगायतका आरोप लगाएका थिए । सचिवालयका वहुमत सदस्यको समर्थनमा प्रचण्डले वैठकमा प्रस्ताव पेश गरेका थिए । त्यसको जवाफ ओलीले शनिवारको सचिवालय बैठकमा ३८ पेज लिखित जवाफ दिएका छन् । सो जवाफको अध्ययन गरेपछि प्रचण्डले जवाफ आउनु राम्रो कुरा भएपनि ओलीले गल्ती स्वीकार नगरेर अहंकार देखाएको बताएका छन् ।

५३ बुँदामा रहेको सो जवाफी प्रस्ताव खाममा राखेर सबै सचिवालय सदस्यलाई वितरण गरिएको थियो। प्रचण्डले आफू पार्टी एकताको विरोधी नभएको र एकता जोगाउनका लागि अहिलेसम्म गरिएका प्रयत्नबारे समीक्षा गर्न पनि ओलीलाई आग्रह गरेका थिए।

प्रचण्डले दल विभाजन गर्ने अध्यादेश ल्याउने ओली भएकाले उनी नै एकता विरोधी भएको तर्क गरेका थिए । ‘दल विभाजन अध्यादेश ल्याउने, नेता अपहरण गराउने तपाईं निकट नेता, यी सबै क्रियाकलापले तपाईं प्रस्ट रुपमा एकता विरोधमा लाग्नुभएको हो, म होइन,’ प्रचण्डले आफ्नो भनाई राख्ने क्रममा सचिवालय बैठकमा भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *