Butwal Sandesh

Best Nepali Online Newspaper

एकल महिलासँग बिबाह गर्नुहोस अनि लिनुहोस यस्ता फाइदाहरु…

Spread the love

प्रत्येक केटिहरुको सपना हुन्छ कि उसको आफ्नो बिबाह यस्तो ब्यक्ती सँग होस् जसले जिबन खुशी ले भर्दियोस । सारा जिबन उसैको साथमा बितोस , उसलाई धेरै नै माया दिऊ । तर दुर्भाग्यवश सबै केटिहरुको लामो समयसम्म बिबाह पछिको सपना पूरा हुँदैनन् । कहिलेकाही कुनै दुर्घटनाको कारण बिबाहित महिलाको श्रीमानको मृत्यु हुन्छ । त्यस्तो अवस्थामा उसको सारा खुशिहरु चकनाचुर हुन्छ साथै उस महिलामा एकल हुनुको “दाग” पनि लाग्छ ।

त्यसैपनी नेपाल बिस्तारै-बिस्तारै बिकासको फड्को मारिरहेको छ । तर आजपनी हाम्रो समाजमा एकल महिलाहरुको लागि हेर्ने नजर राम्रो छैन । कयौं बर्ष देखि , पिछडिएका मान्छेहरुको सोच यस्तो पनि छ, जो आफ्नो श्रीमानको मृत्यु हुनुको कारण उहीँ एकल बुहारीलाई नै ठहर्‍याउछन् । उहीँ दुखी महिलालाई नै घरको लागि शुभ-अशुभ मान्न थाल्छन् , यहाँसम्म कि उनलाई घृणात्मक नजरले पनि हेर्न थाल्छन् ।

तर किन यस्तो सोच राख्ने मान्छेहरू कहिले यो सोच्दैनन कि , उस महिलामा के बितिरहेको छ भनेर । जसको पूरा जिबन नै एकपाटो चकनाचुर भैरहेको छ ? निश्चिय नै , हाम्रो समाजलाई एक प्रमुख सुधारको आवश्यकता छ । यस्तो परिस्थितिमा समाजले फ़ेरि ति महिलाको जिबन कसरी हराभरा पार्दिने भनेर सोच्नुपर्छ । उस महिलाको शुन्य जिबनमा फ़ेरि बहार कसरी ल्याउन सकिन्छ । सम्भव भएसम्म सासू-ससुराले बुहारीलाई छोरी सरह गरि उसको दोस्रो बिबाह गराइदिनुपर्छ ।

यद्यपि , समस्या यो छ कि धेरै लाई एकल महिला सँग बिबाह गर्नलाई उचित लाग्दैन । उनिहरुलाई लाग्छ कि उस महिला मा अशुभ को कारण दोस्रोपटक बिबाह भएपछि कुनै अन्य नंया घरमा जाओस् । तर आश्चर्यको कुरा यो छ कि , यश बिकसित आधुनिक बन्दै गएको समाजमा अझै पनि यस्तो सोच राख्ने धेरै मान्छेहरू छन ..। जसले यस्तोखाले अन्धबिश्वास मा यकिन गर्छन् , हामिले यस्तो अन्धबिश्वास मा बिश्वास गर्नु हुँदैन ।

( तर तपाइँले यो थाहा पाएपछि छक्क पर्नुहुने छ कि एकल महिला सँग बिबाह गर्दा खेरि तपाइँलाई धेरै नै फाइदा हुनसक्छ .. । आज म यही फाइदामा केहि चमक लगाइ दिन्छु। र यो लेख्ने कोशिश गर्दछु कि , एक एकल महिला सँग बिबाह गर्दा कति फाइदा हुनसक्छ भनेर ।)

एकल महिला सँग बिबाह गर्दाको फाइदा….

एकल महिलाले आफ्नो श्रीमानलाई पहिला नै गुमाइ सकेकी छिन् । यस्तो अवस्थामा उसलाई आफ्नो जिबनसाथि को महत्त्व राम्रोसँग थाहा छ , कि यो जिन्दगिको कुनै भरोसा छैन । जसले जतिबेला पनि साथ छोड्न सक्छ , त्यसैले उनी तपाईं सँग जिबनको हरेक पल राम्रोसँग बिताउने प्रयास गरिरहन्छिन। साथै तपाईंको सानो-सानो कुरामा झैझ’गडा पनि हुँदैन, उसले तपाईंको हरेक मुस्किल समयमा साथ निर्भाह गर्नेछिन । किनकि तपाईंले पनि उसको मुस्किल घडिमा साथ दिनुभएको थियो ।

लकडाउन अगाडि अमेरिकामा एकल महिलाहरू मा एक रिसर्च भएको पनि थियो । जसमा यो अगाडि आयो कि यि एकल महिलाहरु धेरै नै इमानदार र समझदार पनि हुन्छन् । किनकि यिनिहरुको नजरमा सम्बन्धको मुल्य थाहा हुन्छ, यिनिहरु यस कुरा बुझ्छन् कि सम्बन्धमा झुट र धोका को कुनै दायर हुँदैन भन्ने बुझ्छन् । साथै एक एकल सँग घर सम्हाल्ने अनुभव पनि त हुन्छ । आफ्नो जिबनमा दु:ख पीडा को पहाडबाट गुज्रिएकि एकल महिला पहिला नै यतिधेरै परिस्थितिहरु पार गरिसकेकी हुन्छन्..।

उनले तपाईं सँग कुनै कुराको गुनासो गर्दैनन् नक्कल झक्क्ल पार्दैनन । यतिमात्र हैन , केही ठुलै समस्याहरु आइपर्छन भने तब उनी निराश भएर कुनामा बस्ने हैन कि , आफुलाई सम्हाल्न र त्यो समस्याबाट मुक्त हुने प्रयास गर्नेछिन । त्यसैले साथिहरु हाम्रो समाज अब सतर्क हुन आवश्यक छ, हामीले हाम्रो समाजको सोच-बिचार बदल्नुपर्दछ । देश आधुनिक समाजको यस बर्गलाई फ़ेरि सम्मान दिने सोच राख्नु पर्दछ । ( लेखक सन्तोष कार्की मौसुफ – सामाजिक संजालबाट)

2 thoughts on “एकल महिलासँग बिबाह गर्नुहोस अनि लिनुहोस यस्ता फाइदाहरु…

  1. बास्तव मै धेेेरै राम्रो कुरा। आजको समाज धेरैनै तडकभडक र हतारमा छ जहाँ धेरै कुरा र व्यवहार अज्ञानता बस भइरहेका हुन्छन जस्ले दुर्घटना सिवाए कहि निम्ताउदैन।
    समाजमा रहेका एकल महिला रहनु र हुनु पनि अधिकांश यस्तैनै परिवेसले छन्। एकल महिलाहरुका अनुभव र ब्यवहारलाइ सहज रुपमा बुझेर पुन समाज ले स्बिकार गरि परिवारिक जिवनको सुरुवात गर्ने हो भने अनुभव र जीवन पुन स्वर्ग हुन सक्छ । साथै एकल महिला र पुरुष समाज र देश का उदाहरण बन्न सक्छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *