Butwal Sandesh

Best Nepali Online Newspaper

नवराज विकसहित छ जनाको ज्या’न जा’ने गरी भएको घटनाका अभियुक्तमध्येका पाँच जना जनालाई धरौटीमा छाड्न आदेश

Spread the love

कर्णाली – उच्च अदालत सुर्खेतले रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा नवराज विकसहित छ जनाको ज्या’न जा’ने गरी भएको घटनाका अभियुक्तमध्येका पाँच जनासँग जनही रु एक÷एक लाख धरौटी माग गरेको छ ।

मुख्यन्यायाधिश नहकुल सुवेदीको एकल इजलासले बिहीबार घटनाका ३४ जना अभियुक्तमध्ये भिमबहादुर बुढा, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, तुलाराम घर्ती र शौरभ पुनको हकमा उक्त रकम धरौटी मा’ग्दै छा’ड्न आदेश दिएको हो । यसअघि तत्कालिन मुख्यन्यायाधीश कुमार चुडाल र न्यायाधिश सुदर्शनदेव भट्टबीच अभियुक्तमध्येका छ जनालाई थु’नामै राखेर कारबाही प्रक्रिया अघि बढाउने वा जमानत वा तारेखमा राख्ने सन्दर्भमा राय बा’झिएको थियो । उच्च अदालतका रजिष्ट्रार माधवप्रसाद आचार्यले संयुक्त इजलासको राय बाँ’झिदा एकल इजलासमा पेश गर्ने कानूनी व्यवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “माननीय मुख्यन्यायाधीशज्यूको एकल इजलासले छ जना मध्येका एक सबिन पुनलाई थुनामै राख्न र बाँकी पाँच जनालाई धरौटीमा छा’ड्न आदेश दिएको छ ।”

मुख्यन्यायाधिश सुवेदीको इजलासले घटना विवरण कागजमा प्रतिवादी सबिन पुनले भेरी नदी पार गरेर भा’गिर’हेका व्यक्तिलाई नि’यन्त्रणमा लिएको, प्रतिवादी पुनले आफू नदीमा गएको र भ’ङ्गालो पार गरी भा’गि’रहे’कालाई समातेर प्रहरीको जिम्मा लगाएको कुरा स्वीकार गरेकाले जिल्ला अदालत रुकुम पश्चिमको आदेश मिलेको ठहर गरेको छ ।

अन्य पाँच जनाले घटना हुँदाका बखत आफू खानीमा काम गरिरहेको र घटनास्थलमा उपस्थित नभएको, उनीहरु अदालतमा स्वयं उपस्थित भइ बयान दिएको र अन्य तत्काल प्राप्त प्रमाणबाटसमेत उनीहरु घटनास्थलमा थिए भन्ने पुष्टी नभएको आधारमा पछि ठहरे बमोजिम हुनेगरी हाललाई जनही रु एक÷एक लाख धरौटीमा छो’ड्न आदेश भएको रजिष्ट्रार आचार्यले जानकारी दिनुभयो ।

जेठ १० गते रुकुम पश्चिमको सोतीमा जाजरकोट भेरी नगरपालिका–४ का नवराज विकसहित गणेश बुढामगर, सञ्जिव विक, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही तथा रुकुम चौरजहारी–१ का टीकाराम नेपालीको ह ‘त्या भएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *