Butwal Sandesh

Best Nepali Online Newspaper

भा´री बोक्न पनि पा´इएन, अब कसरी गु¥जारा टार्ने ! को*रोनाले नेपाली बजार यसरी तह¥सनहस बनायो ।

Spread the love

काठमाण्डाै – पुसको सुरुतिर काठमाण्डौको महाबौद्ध, प्युखा, इन्द्रचोक, असन लगायतका होलसेल बजारतिर काम गर्ने भरियालाई भ्याइनभ्याइ थियो । दैनिक दुई हजार रुपैयाँसम्म कमाउँथे । दिनभरी लत्ताकपडा, जुत्ता चप्पल, झोला र विद्युतीय सामग्रीका बोरा बोकेर उनीहरु कालिमाटी, टंकेश्वर, छाउनीसम्म पुग्थे । राम्रै ज्याला पाउँथे । तर अहिले भने उनीहरु फुर्सदिला बनेका छन् । कारण हो चीनबाट फैलिएको कोरोना भा इरस ।

कोरोना भा इरसको स ङ्क्रमण नेपालमा छैन । तर कोरोनाकै कारण नेपाल–चीन नाका बन्द छन् । चीनबाट आउने सामग्री नआएपछि बजारमा व्यापार घट्दो छ । यसको प्रत्यक्ष असर भरियामासमेत परेको छ ।

कोही भन्छन् नाकाबन्दी, कोही भन्छन् करुणा !

महाबौद्ध, असन, इन्द्रचोक, प्यूखा लगायतका ठाउँमा रामेछाप, दोलखा, सिन्धुपाल्चोक र ओखलढुंगाका झण्डै दुई सय जना भरियाले होलसेल पसलका बोरा बोक्ने काम गर्छन् । भारी बोक्नेमध्ये धेरैजसो उमेरले ५० कटेका छन् । परिवारमा अरुले कमाएको खाएर सुखले बस्ने उमेरमा उनीहरु कसले भारी बोक्न बोलाउला भन्दै कुरिरहेका हुन्छन् ।

‘खै ना काबन्दी लगायो रे भन्छन्, कोही करुणा भन्छन्, म त खासै जान्दिनँ, तर एक महिना हुन थाल्यो काम घट्दै गएको छ, कमाइ पनि हुन छाड्यो’ भोजबहादुर खत्रीले भन्नुभयो, ‘ठिटाहरु  त दिनभरी लुँडो खेलेर बस्छन्, म घाम तापेर बस्छु ।’

दैनिक हजार÷बाह्र सय रुपैयाँ कमाउँदै आएका भरिया अहिले भने फुर्सदिला छन् । केहीलाई चीनबाट फैलिएको कोरोना भा इरसको कारण नेपालमा सामान नआएको र आफू बेरोजगार भएको थाहा छ, केहीलाई भने के भएर काम पाइन छाड्यो भन्ने नै थाहा छैन ।

उमेरले ६० वर्ष टेकेका ओखलढुंगाका भोजबहादुर खत्री २५ वर्षदेखि महावौद्ध क्षेत्रमा भारी बोक्दै आउनुभएको छ । उहाँको काँधमा १५ जनाको परिवार पाल्ने जिम्मेवारी छ । त्यसैले कमाइ घ ट्नेबित्तिकै त्यसको असर उहाँको घरसम्म पर्छ । अहिले पनि त्यस्तै भएको छ । तर उहाँलाई थाहा छैन, यो के कारणले भयो भनेर ।

‘खै ना काबन्दी लगायो रे भन्छन्, कोही करुणा भन्छन्, म त खासै जान्दिनँ, तर एक महिना हुन थाल्यो काम घट्दै गएको छ, कमाइ पनि हुन छाड्यो’ भोजबहादुर खत्रीले भन्नुभयो, ‘ठिटाहरु  त दिनभरी लुँडो खेलेर बस्छन्, म घाम तापेर बस्छु ।’

अब भारी पनि बोक्न पाइन्न कि भन्ने पीरले उहाँलाई सताएको छ । ‘यो उमेरसम्म त भारी बोकेरै परिवार पालेँ, अब यै पेशा पनि जाला जस्तो छ, १५ जनालाई पाल्न समस्या छ’ भोजबहादुरले भन्नुभयो ।

‘दुई हजार कमाई पाँच सयमा झर्‍यो’

न्युरोड प्युखामा भारी बोक्ने रामेछापका भुपेन्द्र गौतमको दैनिक दुई हजार रुपैयाँको हाराहारीमा कमाइ हुन्थ्यो । सबै खर्च कटाएर दैनिक हजार रुपैयाँ बचत हुन्थ्यो । तर चीनबाट सुरु भएको कोरोना भा इरसका कारण नेपालमा सामान आउने नाका बन्द भए । सामान नै नआएपछि होलसेल बजार सुक्दै गएको छ, उहाँको कमाइ पनि सुक्न थालेको छ ।

‘पहिले दुई हजार रुपैयाँ कमाइ हुनेमा अहिले दिनको चार÷पाँच सय रुपैयाँ मात्रै कमाइ हुन थालेको छ, अहिले कमाएको खान मात्रै ठिक्क छ बचत हुन छाड्यो’ भुपेन्द्र गौतमले भन्नुभयो ।

भारी बोक्दै आएका राम बोहरा पनि कमाइ घट्दै जाँदा चिन्ता थपिएको बताउहुन्छ । ‘घरमा खेतीबालीको काम छाडेर भारी बोक्न आइयो, तर अहिले काम नै पाइन्न, दैनिक हुने दुई-चार सय रुपैयाँ कमाई खान मात्रै ठिक्क छ’, बोहराले भन्नुभयो ।

घर फर्कने तयारीमा भरिया

काठमाण्डौमा बसेर कमाइ नहुने उल्टै खर्च हुने देखेपछि भरियाहरु घर फर्कने तयारी गर्दैछन् । उनीहरु अब गाउँ जाने र खेती किसानीमै फर्कने अनि पुरानो दैनिकीमै फर्कने बताउँछन् । २० वर्षदेखि न्युरोड प्यूखामा भारी बोक्दै आएका रामेछापका हेमबहादुर गौतम अब घर फर्कने बताउनुहुन्छ ।

चिनियाँ कामदार र उपकरण नहुँदा ठूला आयोजनाको काम ठप्प छन् । चीनबाट नेपाल आउने सामान रोकिँदा अहिले लत्ताकपडा, जुत्ताचप्पल र विद्युतीय सामानको सबैभन्दा ठूलो होलसेल बजार मानिएका महाबौद्ध, असन लगायतका ठाउँमा काम गर्ने भरियाहरुले पनि काम पाउन छाडेका छन् ।

‘अब यता बसेर काम पाइन छाड्यो, गाउँ जाने, खेती लगाउने, गाईबाख्रा पाल्ने सोच बनाउँदैछु, अब फेरि पहिलेकै दैनिकीमा फर्कनुप¥यो’ हेमबहादुरले भन्नुभयो, ‘उमेर छँदा भारी बोकेर जिन्दगी बिताइयो, अब बुढेसकालमा खेतबारी धाउनुपर्ला जस्तो छ ।’ ओखलढुंगाका भोजबहादुर खत्री पनि अब गाउँ फर्किने बताउनुहुन्छ । ‘यता काम नपाउने भएपछि किन बस्नु र, अब घर फर्केर बाँझो बारी खन्नुपर्ला’ खत्रीले भन्नुभयो ।

सुनसान हुन थाल्यो होलसेल बजार

चीनबाट फैलिएको कोरोना भा इरसले नेपालको अर्थतन्त्रमा पनि प्रभाव परेको छ  । चिनियाँ कामदार र उपकरण नहुँदा ठूला आयोजनाको काम ठप्प छन् । चीनबाट नेपाल आउने सामान रोकिँदा अहिले लत्ताकपडा, जुत्ताचप्पल र विद्युतीय सामानको सबैभन्दा ठूलो होलसेल बजार मानिएका महाबौद्ध, असन लगायतका ठाउँमा काम गर्ने भरियाहरुले पनि काम पाउन छाडेका छन् ।

देशभरी पुग्ने लताकपडा, जुत्ता चप्पल, विद्युतीय सामग्रीको ६० प्रतिशत भन्दा धेरै सामग्री महाबौद्ध, असन र इन्द्रचोकबाट पुग्छन् । तर पछिल्लो एक महिनादेखि चीनबाट सामान आएको छैन, होलसेल बजारमा सामान कम छ, काठमाण्डौ बाहिरका व्यापारीले कम मात्रै सामान अर्डर गर्न थालेका छन् । अहिलेसम्म अलिअलि चहलपहल रहेको होलसेलबजार बिस्तारै सुनसान बन्दैछ । यसले गर्दा व्यापार त सुक्ने छ नै, भरियाको दैनिकी पनि प्र भावित हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *