Butwal Sandesh

Best Nepali Online Newspaper

फिनल्याण्डमा १६ वर्षीया किशोरी बनिन् एक दिनका लागि प्रधानमन्त्री

Spread the love

काठमाण्डाै – फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिन देशको सबैभन्दा युवा प्रधानमन्त्री हुनुहुन्छ । तर भर्खर मात्रै उहाँले प्रधानमन्त्रीको पद एक दिनका लागि १६ वर्षीया एक किशोरीलाई सुम्पिनुभएको छ ।

सन्ना मरिनले किशोरीहरुको अवाज बुलन्द गर्नको लागि यस्तो कदम उठाउनुभएको हो । किशोरीहरुको अधिकारलाई बढावा दिनका लागि सन्ना मरिनले दक्षिण फिनल्याण्डको वास्कीमा रहने १६ वर्षीया किशोरी आभा मुर्टाेलाई एक दिनको लागि प्रधानमन्त्रीको कुर्सी सुम्पिनुभएको हो। प्रधानमन्त्रीको पद पाएपछि आभाले यो दिन आफ्नो लागि निकै रोमाञ्चक दिन भएको बताएकी छिन् ।

 

सञ्चारमाध्यमसँग भेटघाट, चान्सलरसँग बैठक

आभाले देशको प्रधानमन्त्री बन्दाको क्षण निकै खास भएको बताएकी छिन् । प्रधानमन्त्रीको रुपमा उनले न्यायका चान्सलरसँग बैठक पनि गरेकी थिइन् र यस क्रममा उनले सञ्चारमाध्मयसँग कुराकानी पनि गरेकी थिइन् ।

आभाले जलवायु परिवर्तन र मानव अधिकारसँग जोडिएका मुद्दाको सक्रिय रुपमा प्रचारप्रसार गर्दै आएकी छिन् । उनलाई गर्ल्स टेकओभर नामक अभियानमार्फत एक दिनका लागि प्रधानमन्त्री बनाइएको हो । यो अभियानको मुख्य उद्देश्य किशोरीहरुको डिजिटल क्षमता निखार्न र अवसरको बारेमा जानकारी दिनु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *