Butwal Sandesh

Best Nepali Online Newspaper

प्रदेश ५ को प्रदेशसभामा कुर्सी तोडफोड

Spread the love

बुटवल – विपक्षी दलले अवरोध गरेपछि स्थगित भएको प्रदेश ५ को प्रदेश सभा बैठक सुरु हुनासाथ तनाव उत्पन्न भएको छ ।

विपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले नाराबाजी गर्दै कुर्सी तोडफोड गरेका छन् । बैठक अवरुद्ध भएपछि सभामुख पूर्णबहादुर घर्तीले २ बजे बस्ने गरी बैठक स्थगित गरेका थिए ।

करिब साढे ३ बजे सुरु भएको बैठकमा नाराबाजी र तोडफेड भएको हो ।

प्रदेश ५ सरकारले दाङको देउखुरी उपत्यकामा राजधानी बनाउने प्रस्ताव पेश गरेपछि विपक्षी दलहरूले विरोध जनाएका छन् । सत्तारुढ दलभित्रै पनि असन्तुष्टि चर्केको छ ।

त्यस्तै, पहिरोका कारण तीन महिनादेखि बन्द भएको तातोपानी नाका आजदेखि सञ्चालनमा आएको छ ।

असोज १३ गते नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच तातोपानी नाका आजदेखि सुचारु गर्ने सहमति भएसँगै नाकाबाट आयात सुरू भएको छ ।

औपचारिक रूपमा नाका आजदेखि सञ्चालनमा आए पनि चीनबाट भने आइतबारदेखि नै आयात सुरू भएको छ ।

आइतबार ११ कन्टेनर कपडा र कच्चा पदार्थहरु आएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *