Butwal Sandesh

Best Nepali Online Newspaper

धनकी देवी लक्ष्मीले बताएका ती पाँच प्रकारका व्यक्ति, जसको घरमा टिक्दैन धन

Spread the love

काठमाडौँ । हिन्दू शास्त्र अनुसार समुन्द्र मन्थन भन्दा पहिला स्वर्गका देवताहरु निर्धन भएका थिए । देवराज इन्द्रले लक्ष्मीको स्तुति गरेपछि धनकी देवी लक्ष्मी खुशी भएर इन्द्रलाई द्धादशाक्षर मन्त्र दिनको तीनपल्ट पाठ गर्न सुझाएका थिए ।

विष्णुपुराणमा इन्द्रले धनकी देवी लक्ष्मीको स्तुति गरेका थिए । देवराज इन्द्रको अनुरोधमा देवी लक्ष्मीले मनुष्यमाथि कृपा गर्ने तर यी पाँच चीज घरमा भएमा धनको नोक्शान हुने बताएकी थिइन् । थाहापाउनुस् धनकी देवी लक्ष्मीले बताएका ती पाँच प्रकारका व्यक्ति जसको घरमा धनको बास रहन सक्दैन् ।

काम भावना: जुन घरमा स्त्री पुरुष अत्याधिक कामवासनामा लिप्त रहन्छन् त्यो घरमा धर्मको उपेक्षा हुने गर्छ । त्यस्तो घरमा लक्ष्मीको लामोसमयसम्म बास रहन सक्दैन् ।

अ*हंकारः जुन घरका मानिस अहंकार गरेर बस्छन् त्यहाँ अज्ञानता र क्रोध बढ्ने गर्छ । यस्ता घरमा पनि लक्ष्मीको बास हुनसक्दैन ।

लो*भः लो*भ लालचमा लिप्त भएको व्यक्तिको घरमा पनि लक्ष्मीको बास हुन सक्दैन । शास्त्रमा ‘लोभस्य पा*प कारणम्’ भनि उल्लेख पाइन्छ ।

हिं*साः जुन घरमा धेरै मासु,माछा को प्रयोग हुन्छ त्यहाँ पनि लक्ष्मीको बास हुन सक्दैन ।

स्त्रीको अ*पमानः स्त्रीलाई अनादर हुने घरमा पनि लक्ष्मीको बास नहुने कथन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *