Butwal Sandesh

Best Nepali Online Newspaper

अस्पतालवाट डि,स्चार्ज हुनुअघि समिक्षाले प्रधानमन्त्रीलाई भेटेर सोधिन्, ‘कस्तो छ मामा तपाईंको स्वास्थ्य ?’

Spread the love

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको प्रत्यारोपणका लागि मिर्गौला अ ङ्गदाता उनकी भाञ्जी समीक्षा सङ्ग्रौला स्वास्थ्यलाभ गरी आज घर फर्किएकी छन् । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्या´रोपणको आठौँ दिन उनको स्वास्थ्यमा सुधारको क्रम भने जारीे छ ।

प्रधानमन्त्रीलाई केही दिनमा निवास फर्काइने त्रिवि शिक्षण अस्पतालले जनाएको छ । सङ्ग्रौलाले प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे चासो दिएकी थिइन् । उनले प्रधानमन्त्री अ‍ेलीलाई भेट्ने इच्छा ब्यक्त गरेकी थिइन् । उनले केही बेरका लागि मात्र प्रधानमन्त्री ओलीलाई भेट्ने मौका पाइन् । थप स्वास्थ्यवारे उनले चिकित्सक, सल्लाहकार टोलीसँग बुझेकी थिइन् । उनले प्रधानमन्त्रीको स्वास्थ्यका बारेमा जानकारी लिएर घर फर्केकी हुन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले आज आफैँ आफ्नो दाह्री बनाएको जनाउँदै उनको स्वास्थ्यमा थप समस्या आएकाले उपचारका लागि विदेश लैजाने भनेर कतिपय सञ्चारमाध्यमले झुटो समाचार दिएको उल्लेख गरे । यही फागुन २१ गते प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । सल्लाहकार थापाले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्रीको स्वास्थ्यमा निकै राम्रो सुधार भइरहेको जानकारी दिँदै, समाचारमा आएका हल्ला झु´टा भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार दिउँसो ३ बजे संग्रौलालाई भेट गरेका हुन् । भेटमा समीक्षाले प्रधानमन्त्रीलाई ‘कस्तो छ मामा तपाईंको स्वास्थ्य ? भनेर सोधेकी थिइन् ।

जवाफमा प्रधानमन्त्री ओलीले ‘ठीक छ, राम्रो भइरहेको छ, तपाईले मिर्गौला दिनुभो, धन्यवाद छ’ भनेका थिए ।

(श्रोत : ई ताजा खबर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *