Butwal Sandesh

Best Nepali Online Newspaper

शिवको पुजा गर्दा नबजाउनुहोस् शंख, धर्म हैन लाग्छ पा´प

Spread the love

भगवान शिवको बारेमा धेरै कुरा सुनेका छौ । शिव चाडै नै प्रसन्न हुने भएकोले भोले बाबाको नामले पनि पुकारीन्छ। शिव केहि सजिला तरीकाले पुकारेमा पनि खुशी हुन्छन्। उनको पुजा गर्न साना साना नियम पालन गर्नु अनिवार्य हुन्छ।भगवान शिवको पुजा गर्दा गल्तीले पनि शंख बजाउनु हुँदैन । शिव पुराणका अनुसार कुनै जमनामा शंखचुड नामक एक महापराक्रमी दैत्य थिए। दैत्यराज दम्भका छोरा थिए ।

दैत्यराज दम्भले केहि वर्षसम्म भगवान विष्णुको कठिन तपस्या गरे । र उनले तीन लोकको लागि अजय र महापराक्रमी छोराको वरदान मागे।यति मात्र नभएर दम्भको छोरा शंखचुडले ब्रह्मा जीको तपस्या गरेर उनले आफ्नो लागि अजेय हुनेको वरदान हासिल गरे।फलस्वरुप केहि समयपछि तीनै लोकलाई आफ्नो स्वामित्वमा पारे। शंखचुडले गरेको अत्याचारबाट तीनै लोक नराम्रोसँग प्रभावित भएका थिए।

मानिसमात्र नभएर देवताहरु पनि दुखी थिए । यसबाट छुटकारा पाउनको लागि सबै जना शिवको शरणमा गए, तर शिव जी उनको वध गर्नमा असमर्थ थिए, किनकी शंखचुडलाई श्रीकृष्णको कवच र तुलसीको पतिव्रत धर्म प्राप्ती थियो ।

भगवान विष्णु जीले ब्राह्मणको भेषमा शंखचुडसँग श्रीकृष्णको कवच दानमा मागे। साथै शंखचुडको रुपमा तुलसीको शील पनि हरण गरे।यसपछि शिवजीले शंखचुडलाई आफ्नो त्रिशुलले भस्म गरिदिए। उनै शंखचुडको हड्डीबाट शंखको जन्म भएको हो। यसैकारण शिवजीको पुजामा शंखको प्रयोग वर्जित गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *