Butwal Sandesh

Best Nepali Online Newspaper

मानिस जन्मेको बारअनुसार महिला र पुरुषको भाग्य-स्वभाव कस्तो हुन्छ ? हेर्नुहोस्

Spread the love

ज्योतिष शास्त्रका अनुसार साताका ७ बारमा हरेक बारको अस्तित्व, अर्थ र प्रभाव भिन्न भिन्न खालको हुने उल्लेख गरिएको छ। अंग्रेजीमा ज्योतिष बिज्ञानलाई एस्ट्रोलोजी भानिछ । ज्योतिष बिज्ञानले जन्मदिन र समय अनुसार मानिस पिच्छे भाग्य तथा स्वभाव फरक हुने र जन्म बारबाटै उसको भाग्य अनि स्वभाव निर्धारण हुने बताइन्छ ।

ज्योतिष शास्त्र भन्छ, ‘आइतबारलाई सूर्यको प्रभावको दिन मानिन्छ, भने सोमवार चन्द्र, मंगलवार मंगल, बुधवार बुध त्यसैगरी विहीबार वृहस्पति , शुक्रवार शुक्र र शनिवारको दिन शनि गह्रको प्रभाव अत्यधिक रहन्छ ।’ जन्मिएको बार अनुसार त्यो बारको ग्रहको प्रभाव जीवनभरका सम्पूर्ण कुरामा पर्ने हुँदा, यसकै आधारमा मानिसको भाग्य ,पराक्रम एबम् स्वभाव पनि जन्मबारले नै निर्धारण गर्ने ज्योतिष शास्त्रमा जनाईएको छ।यी बार जन्मेका व्यक्तिहरुको पराक्रम/भाग्य र स्वभाव यस्तो हुन्छ ।

आइतबार – सुर्य, पुरुष/स्त्री

आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ। आइतबार जन्मिने स्त्री दान-पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् ।

सोमबार – चन्द्र, पुरुष/स्त्री

सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ । यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने ब्यकति विद्वान, कला कुशल र बहादुर पनि हुन्छन् । सोमबार जन्मिने ब्यक्तिलाई श्वास प्रश्वासको रो*ग हुन सक्छ यस्ता ब्यक्तिलाई ९, १२, २७ वर्षमा क*ष्ट हुन्छ ।सोमबार जन्म भएका महिला सुन्दर हुन्छन् । यस्ता महिलामा मिठो बोली र शान्ति प्रिय र पुत्रवति हुन्छन् ।

मंगलबार – मंगल ग्रह, पुरुष/स्त्री

मंगलबार जन्म हुने ब्यक्ति सामान्यतया धनी हुन्छन् । यस्ता ब्यक्तिको स्वभाव उ*ग्र हुन्छ । यसै कारण उनीहरुसँग मानिसहरु वेखुसी हुन्छन् । यिनीहरुलाई छाला सम्बन्धी रो*ग हुन सक्छ । दुख र सुख आउने जाने भैरहन्छ ।ज्योतिषका अनुसार मंगलवार जन्म भएका स्त्री कठोर हृदयका हुन्छन् यस्ता स्त्रीमा दया माया कम हुन्छ । यस्ता स्त्री दुब्ला पातला र झ*गडालु समेत हुन्छन्।

बुधबार – बुध गह्र | पुरुष/स्त्री

बुधबार जन्मिने ब्यक्ति धर्मकर्ममा मन भएका हुन्छन् । यिनीहरुको बोलीमा मिठास हुन्छन् । यिनीहरुको ८ र २२ वर्षको उमेरमा क*ष्ट पाउने योग हुन्छ । बुधबार जन्मिने स्त्री कुनै विशेष क्षेत्रमा रुचि राख्ने र विशेषज्ञता हासिल गर्ने हुन्छतन् । सरस्वतीको विशेष कृपा हुने हुँदा यिनीहरु सुन्दर र शुसील पनि हुन्छन्।

विहीबार – बृहस्पति ग्रह | पुरुष/स्त्री

पुरुष विहीबार जन्मिने पुरुष विद्वान र पराक्रमी हुन्छन् । यिनीहरुले जीवनमा धेरै उतार चढाव र स*मस्या झेल्नु पर्ने हुन्छ । तर पनि साहसी हुन्छन् । यिनीहरुसँग संगत हुनेहरु खुसी हुन्छन् । विहीबार जन्मिनेहरुलाई ७, १२, १३, १६ र ३० वर्षमा सं*कट पर्छ । जुन स्त्रीको विहीबार जन्म हुन्छ त्यस्ता महिला उच्च शिक्षा हासिल गर्ने र सर्वगुणी हुन्छन् ।

शुक्रबार – शुक्र ग्रह|पुरुष/स्त्री

शुक्रबार जन्मिने ब्यक्ति हँसिलो स्वभावका हुन्छन् । बुद्दीमान र मृदुभाषी यिनीहरुको स्वभाव हो । यिनीहरु सहनशिल पनि हुन्छन् । यिनीहरु शौखिन हुन्छन् र २० र २४ वर्षको उमेरमा क*ष्ट हुन्छ । कुनै पनि स्त्री शुक्रबार जन्मेकी छे भने उसको श्वभाव चंचल हुन्छ । यस्ता स्त्री मस्ती मजाक गर्छन् । परिवार र समाजमा विशेष इज्जत हुन्छ । केही काला रंगका भएपनि सुन्दर हुन्छन् ।

शनिबार – शनि गह्र|पुरुष/स्त्री

शनिबार जन्म हुने मानिसहरु कृषि ब्यावार तथा प्रविधिको क्षेत्रमा बढी रुची राख्ने खालका हुन्छन । यसबार जन्मिनेको बाल्यकाल अतिकति क*ष्टकर पनि हुन सक्ने देखिन्छ । यिनीहरु २० ,२५ वा ४५ वर्ष कुनै उमरमा दुख:क*ष्ट सामना गर्नु पर्ने हुन्छ । आफ्ना दिदी , बहिनी तथा दाजु भाईबाट खासै सहयोग नमिल्ने र सन्तुष्टी नहुने पनि हुनसक्ने हुन्छ । शनिबार महिलाको बिषयमा कुरा गर्दा दुब्लो र पातली जिउ भएका अग्ला हुने गर्दछ । अनि उनीहरु खासगरी कालो वर्णका हुने ज्योतिष बिज्ञानमा उल्लेख छ। यस्ता महिलाको स्वभाव कुरा काट्ने र कुरौटे खालो पनि हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *