सरकारले डा. सन्दुक रूइतलाई सुप्रसिद्ध प्रवल जनसेवा श्रीले सम्मान गर्ने
Spread the love
नेपाल सरकारले संविधान दिवसको अवसरमा वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रूइतलाई सुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम)बाट सम्मान गर्ने भएको छ।
रूपतसँगै सरकारले संविधान दिवसको अवसरमा ५ सय ९४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ।
यसैगरी गृह मन्त्रालयले प्रकाशित गरेको सूचना अनुसार प्रसिद्ध प्रबल जनसेवा श्री(द्वितीय)बाट ४ जना सम्मानित हुने भएका छन्।
यस अन्तरगत सम्मानित हुनेमा सर्वोच्च अदालतका न्यायाधीश दीप कुमार कार्की, अख्तियारका पूर्व प्रमुख नविन कुमार घिमिरे, प्रधानसेनापति पूर्ण चन्द्र थापा र सशस्त्रका प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल रहेका छन्।
त्यसैगरी सुकीर्तिमय राष्ट्रदीप(तृतीय)बाट सात जना सम्मानित हुने भएका छन्।
यस वर्ष कसैलाई पनि ‘नेपाल रत्न’ दिइएको छैन।