Butwal Sandesh

Best Nepali Online Newspaper

चीनको यात्रामा खरिद गरिएको यो यस्तो कचौरा, जसको वास्तविकता थाहा पाउँदा उ´ड्यो दम्पतीको हो´श

Spread the love

पुराना चिजहरु बहुमुल्य हुन्छन भन्ने कुरा यो घ´टनाले पनि साबित गरेको छ । वर्षौंसम्म घरको एउटा कुनामा राखिएको सामानले पनि करोडपती बनाउन सक्छ । स्विटजरल्याण्डका एक दम्पत्तिले (४.९ मिलियन डलर) ५४ करोड रुपैयाँ पर्ने कचौरा टेनिस बल राख्न प्रयोग गरिरहेका थिए । उक्त कचौरा ती दम्पत्तिले चीनको यात्राको क्रममा खरिद गरेको बताए । लिलामी विशेषज्ञका अनुसार उक्त कचौरा १७ औं शताब्दीको हो । कचौराका मालिकका अनुसार उक्त कचौरा यति दुर्लभ र विशेष छ भन्नेबारे आफूलाई थाहै थिएन ।

स्विस अक्सनियर कोलर अक्सन ती स्विस परिवारको घरमा केही वस्तुको मूल्याङ्कनका लागि जाँदा उक्त कचौरा देखेर जिल खाएको सिएनएनले बताएको छ । यो चिनियाँ शासकका लागि बनाएको हुनसक्ने अनुमान गरिएको छ । ‘जब उनीहरुले उक्त कचौरा देखे तब चकित भए । उनीहरुले यस्तो पहिले कहिले देखेका थिएनन्,’ कोलर अक्सनका मिडिया रिलेशन एवं मार्केटिङका प्रमुख कार्ल ग्रीनले सिएनएनलाई भने ।

परिवारले उक्त कचौरालाई बर्लिनको संग्रहालयमा राख्ने प्रस्ताव पनि राखे तर यसमा उनीहरुले रुची नदेखाएको बताइएको छ । यस्तै, ब्रिटिश अक्सन हाउसले पनि यो १९ औं शताब्दीको हुनसक्ने बताउँदै फोटो हेरेर नै यसलाई अस्विकार गरेको थियो ।

‘त्यसपछि परिवारले यो खासै मूल्यवान् र विशेष नभएको सोचे तर यो उनीहरुलाई निकै मन परेको थियो । यसलाई उनीहरुले दराजमा राखेका थिए । घरमा कचौरा भएपछि त्यसमा केही सामान त राखिन्छ र यसमा उनीहरुले टेनिस बल राखेका थिए,’ ग्रीनले भने ।

कोलर अक्सनले लिएपछि उक्त कचौराले सनसनी नै म’च्चायो । हंगकंगमा आयोजिक एन्टिक फेयरमा यसलाई राखेपछि ३० जनाले यसलाई घरमा लैजाने इच्छा देखाए । ‘कोरल अक्सनका विशेषज्ञलाई लाग्छ कि कचौराको दुईतिर फिनिक्स चराको डिजाइन दिएको र यसको क्वालिटी हेर्दा यो सम्भवतः चिनियाँ शासकका लागि बनाएको हुनुपर्छ,’ ग्रीनले भने ।

‘जब तपाईंले त्यतिबेला बनाइएका अन्य धुप बाल्ने भाँडो वा पित्तलका अन्य सामान हेर्नुहुन्छ भने यो ती सामानभन्दा निकै उत्कृष्ट छन् ।’ यसलाई लिलामीमा राख्दा यो ५४ करोड रुपैयाँमा रोकियो । ५४ करोड तिरेर एक चिनियाँ व्यक्तिले यसलाई चीन नै फिर्ता लगेका छन् । चीनका कोलरले यसलाई आफ्नो इन्स्टाग्राम पेजमा पनि सेयर गरेको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *