Butwal Sandesh

Best Nepali Online Newspaper

आजको राशिफल: वि.सं.२०७७ साल भाद्र ३० गते मंगलबारको हेर्नुहोस तपाईंको भाग्य

Spread the love

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

माया प्रेममा एक अर्काको भावना बुझ्न नसक्दा टाडिनु पर्ने बाध्यता आउन सक्छ । आफन्त तथा ईष्टमित्रहरुको सहयोग राम्रै रहनेछ ।खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । पढाई लेखाईमा बढिनै मेहनेत गर्दा मात्र भनेजस्तो नतिजा निकाल्न सकिनेछ । भौतक सम्पति तथा सवारि साधन प्रयोग गर्दा ध्यान दिनुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

सवारि साधन तथा टेक्निकल क्षेत्र सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला । बिहानको समय राम्रो रहेकोले आफ्नो रुचिको बिषयमा दिईयको समयबाट सार्थक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछ । दाजुभाई,छिमेकि तथा सहयोगिहरु सँग मिलेर गरिने कुनै पनि उत्पादन मुलक क्षेत्रमा गरिएको व्यावसाय फस्टाएर जानेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आमा तथा आफन्त सँग म*नमुटाब बढ्ने तथा गलत आश्वासन बाढ्नाले समस्या आउन सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

बिहानको समय मध्ययम रहेकोले आफन्त तथा कुटुम्बसँग बिवाद बढ्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला । हिम्मतका साथ काम गर्नाले सत्रु तथा प्रतिष्पर्धिहरुलाई सजिलै किनारा लगाउन सकिनेछ । सञ्चार तथा मिडिया जस्ता क्षेत्रमा गरिने लगानि फस्टाएर जानेछ भने नया प्रबिधिको प्रयोग मार्फत आफ्ना कुराहरु जनमानसमा लैजान सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

माया प्रेममा नजिक हुन सकिने तथा मिल्ने मित्रको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । बिहानको समय राम्रो रहेकोले आर्थिक अवस्था सुदृड हुने हुनाले दैनिक सहज मात्रामा अगाडि बढ्नेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले खानपान तथा मौषमको ध्यान दिनुहोला । आफन्तसँग मनमुटाब बढ्ने योग रहेकोछ

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

बिहानको समयमा यात्रासँग सम्बन्धित कामहरु हुनेछन् । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको गतिलो योग रहेकोछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्ने अवसर जुर्नेछ । नयाँ प्रबिधिको प्रयोग मार्फत नया ज्ञान सिक्ने समय रहेकोछ । बिभिन्न अवसर प्राप्त हुने हुनाले जोस जागर बढेर आउनेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगाडि बढि उत्कृष्ट नतिजा ल्याउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

अध्ययन अध्यापनमा मन जाने हुँनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । दिउँसोबाट समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला । तरपनि बिदेशी समानको व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ भने इच्छित चाहानाहरु पुरा गर्न सकिने हुँदा घर परिवारका सदस्यहरु खुसि रहनेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

प्राकृतिक स्रोतको साधन जस्तै खनिज पदार्थ,धातु तथा पानिसँग सम्बन्धित बस्तुहरुको कारोबारबाट प्रसस्त फाईदा हुनेछ । स्वास्थ्य सम्बन्धि साना तिना समस्याले भने सताउने देखिन्छ ।माया प्रेमको बन्धन कसिलो हुँनुको साथै दाम्पत्य जिबन सुखि रहनेछ । ईच्छित चाहानाहरु पुरा हुनेछन् भने सवारि साधन प्राप्तिको योग रहेको छ । आम्दानिका स्रोतहरु फराकिला हुनेछन् भने व्यापार व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

मध्यान्हबाट धार्मिक तथा सामाजिक कार्यमा सहभागि भई समाजको काम गर्ने बाताबरण बनेर जानेछ । नबिनतम् बिचारको प्रयोग गरि सामाजिक काम गरि नाम तथा दाम कमाउन सकिनेछ । बिहानको समय मध्ययम रहेकोले सरकारी काममा सेवा प्रभाव गर्नेहरुले समयमा काम नगर्दिनाले बिभिन्न अवसरबाट बञ्चित हुनु पर्नेछ । माया प्रेममा एका अर्कालाई अबिश्वास गर्नाले केहि समयका लागि टाडिनु पर्ने हुन सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

परिवार तथा आफन्तजन लाई समय दिन नसक्दा मनमुटाबको अवस्था सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ ।कार्यक्षेत्रमा तपाईको निर्णको चर्को बिरोध हुनसक्छ अलि बढि ध्यान दिनुहोला । व्यापार व्यावसायमा भनेजस्तो नाँफा कमाउँन बढिनै समय खर्चिनु पर्नेछ । पढाई लेखाईमा समय दिय पनि सोचेजस्तो नतिजा नआउँने हुँनाले मन खिन्न हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

लामो दुरिको व्यापारीक यात्रा हुनेछ । पढाई लेखाईमा एक कदम अगाडि बढि सफलता हात पार्न सकिनेछ ।बिहानको समय राम्रो रहेकोले भौतिक सम्पति तथा विलाशी बस्तुको व्यापार गरि मनग्गे धन सम्पति जोड्न सकिनेछ । मध्यान्हबाट सामान्य बिवादले अपठरो परिस्थितिमा लैजान सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नया समस्याहरु थपिनेछन् । अध्ययन तथा अनुशन्धानमा समय खर्चिए पनि भनेजस्तो उपलब्धि नहुदा तनाब बढ्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

बनभोज तथा शुभ मांगलिक कार्यक्रममा सहभाथि भई स्वादिष्ट भोजनका साथ दिन रमाईलो गरि बिताउन सकिनेछ । समयमा कामहरु बन्ने हुनाले मान सम्मानमा बृद्धि भएर जानेछ । भौतिक सम्पति तथा बिलाशी बस्तु प्राप्तीको गतिलो योग रहेकोछ भने व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । लामो तथा छोटो दुुरिको रमाईलो यात्रा हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आत्मिय मित्र तथा परिवारका साथ रहेर स्वादिष्ट भोजनको टेष्ट लिने अवसर जुर्ने भएपनि खानपानको तालमेल नमिल्दा सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । बिहानको समय मध्ययम रहेकोले भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । मध्यान्हबाट समय राम्रो रहेकोले न्यायिक निर्णयहरुबाट फैसला तपाई आफ्नै पक्षमा हुनेछन् भने सत्रुहरुलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । व्यापार व्यावसायमा नया प्रविधिको प्रयोग मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *