Butwal Sandesh

Best Nepali Online Newspaper

नेकपा वि´वाद समाधान, कसले जित्यो, को हार्‍यो ? हेर्नुहोस

Spread the love

काठमाडौं । लामो रस्साकस्सी पछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को वि*वाद समाधान भएको छ ।

देश कोरोना भाइरस सं*क्रमणसँग एक जुट भएर लड्नुपर्ने समयमा सत्तारुढ दलकै नेताहरुबीचको वि*वाद चरम उत्कर्षमा पुगेको थियो ।

कोरोना म*हामारीबाट जनतालाई बचाउन र राहत दिने विषयमा छलफल गर्ने र योजना बनाउनुपर्ने सत्तारुढ दलका नेता सत्ता र शक्ति हत्याउनका लागि आन्तरिक वि*वादमा व्यस्त बन्दा कार्यकर्ता, मतदाता र नागरिक रमिते बन्नुपर्ने अवस्था बन्यो ।

दुई ठूला कम्युनिस्ट पार्टीबीच भएको एकताले पूर्णता नपाउँदै फुटको संघारमा पुगेकोजस्तो देखिएको थियो । तर, नेताहरुले उक्त वि*वादको व्यवस्थापन गरेका छन् र तत्कालका लागि नेकपाको फुटको ख*तरा र वि*वादमा एक प्रकारको यु*द्धविराम जस्तो देखिएको छ ।

स्थायी समितिको सकस

नेकपाको स्थायी समितको पाँचौं बैठक असार १० गतेबाट सुरु भएको थियो । उक्त बैठक सकिन साढे २ महिना लाग्यो । सम्भवत यो नेपाली कम्युनिस्ट पार्टीको सबै भन्दा लामो बैठक बनेको छ ।

स्थायी समिति बैठक जारी रहँदा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दुबै पदबाट हटाउने माग जोडतोडका साथ उठेसँगै बैठक पछिल्लो पटक लामो समय स्थगित भएको थियो ।

स्थगनको १ महिना १३ दिनपछि शुक्रबार(आज) बालुवाटारमा बसेको बैठक नेकपा नेता कार्यकर्ताका लागि खुसी र उल्लासको बैठक बनेको छ भन्दा फरक पर्दैन ।

असार १० गतेबाट आजका दिनसम्म आइपुग्दा नेकपा फुटको नजिक मात्र पुगेका नेताहरु एक अर्का विरुद्ध तल्लो स्तरमा उत्रिए ।

बैठकमा राखिएका कोरोना म*हामारी, सीमा वि*वाद लगायतका एजेन्डाबाट बाहिरिएर प्रधानमन्त्री ओली र सरकार विरुद्ध अधिकांश स्थायी समिति सदस्य उत्रिएपछि प्रधानमन्त्री ओलीले त्यसबिचमा धेरै राजनीतिक अस्त्रहरुको प्रयोग गरेका थिए । जसका कारण नेकपा भित्रको वि*वाद मत्थर हुनुको सट्टा डढेलो नै बन्न पुगेको थियो ।

नेपालले नयाँ नक्सा जारी गरेपछि आफूलाई भारतले हटाउन खोजेको र त्यसमा आफ्नै पार्टीका नेताले साथ दिएको आ*रोप ओलीले लगाएपछि अर्का अध्यक्ष प्रचण्ड र नेता माधव नेपाल पक्षधर आ*क्रोशित बनेका थिए ।

जसका कारण नेकपाको स्थायी कमिटी बैठक बस्न सक्ने अवस्था बनेन । अर्का अध्यक्ष प्रचण्डले नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजीको साथ पाएर मोर्चाबन्दी गरेपछि ओली अल्पमतमा परेका थिए ।

त्यसबीचमा नेकपा एमाले नामको दल निर्वाचन आयोगमा दर्ता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभातिप शेरबहादुर देउवासँगको नियमित र गोप्य भेटघाटले प्रचण्ड नेपाल समूहलाई थप झस्काएको थियो भने ओलीले पार्टी फुटाउने चुनौतीको रुपमा उनीहरुले लिएका थिए ।

पार्टी फुटाउन सहज हुने गरि अध्ययादेशसमेत केही समय अघि ल्याएका ओलीले पार्टी फुटाउन लागे भन्ने हल्ला प्रचण्ड नेपाल समूहले लागाएको थियो । प्रचण्ड नेपाल समूहको सचिबालय र स्थायी समितिमा बहुमत भएपनि ओली उनीहरुको मागलाई वेवास्ता गर्दै गए ।

दुबै पदबाट राजीनामा मागिएको भए पनि ओलीले कुनै हालतमा नछोड्ने अडान राखिराखे । दुई अध्यक्षबीचको तिक्कता यति धेरै बढ्यो कि दुई सातासमम्म भेट वार्ता र छलफल समेत रोकिएका थिए।

यसबीचमा उपाध्यक्ष गौतमले ओलीको पक्षमा ६ बुँदे प्रस्ताव नै सार्वजनिक गरेपछि ओलीलाई थप राहत मिलेको थियो । त्यसकै पेरिफेरिमा रहेका भएका छलफलबाट दुई अध्यक्षले पार्टीमा देखिएको वि*वादलाई मत्थर पार्न सफल भए ।

तीनै पक्षका नेताहरु सहभागी गराएर गठन गरिएको विवाद समाधान कार्यदलले दिएको सुझावलाई आधार मानेर अध्यक्षद्वयले शुक्रवारको स्थायी कमिटीमा पेश गरेका थिए जसलाई बेठकले अनुमोदन गरेको छ । यससँगै नेकपामा देखिएको वि*वादसमाधान भएको छ ।

ओलीले सरकार र प्रचण्डले पार्टी चलाउने सहमति दुई अध्यक्षकोबीचमा भएसँगै पार्टीमा देखिएको वि*वाद समाधान भएको छ । त्यस्तै बैठकले बैठकले अमेरिकी सहयोग परियोजना एमसीसी पनि परिमार्जन सहित पारित गर्ने निर्णय गरेको छ । बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय समेत गरेको छ । त्यसको तयारीका लागि कात्तिकमा केन्द्रीय कमिटी बोलाइएको छ ।

कसले जित्यो कसले हार्यो ?

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने जस्तै असार १० गते शुरूभएको यो बैठकले अनेक मोड र घुम्ती पार गरेर निष्कर्षमा आइपुग्दा एकता, समझदारी र सर्वसम्मति कायम गरेको छ ।

पार्टीका दुई अध्यक्ष सल्लाह गर्ने स्थानमा आइपुगेका छन् । ओलीले अध्यक्षसहित प्रधानमन्त्रीको आफ्नो पदक कायम राख्न सफल भएका छन् भने प्रचण्डले आफूलाई कार्यकारी भूमिकामा वा केन्द्रमा ल्याएका छन् ।

नेता माधव कुमार नेपालले केही मात्रमा भएपनि प्रधानमन्त्री ओलीलाई मनोमानी गर्नबाट साइजमा ल्याउन सकिएको चित्त बुझाउने ठाउँ बनेको छ ।

पार्टी उपाध्यक्ष वामदेव गौतमले राष्ट्यि सभामा मनोनयनको निर्णय गराएका छन् । समग्रमा नेकपामा चलेको वि*वाद विचार, विधिको भन्दा पनि नेतृत्व र सत्ताका लागि भएको कतिपयको आ*रोपलाई बल पुगेको छ ।

तर प्रधानमन्त्री ओलीको भनाइलाई आधार मान्ने हो भने नेकपालाई कमजोर बनाएर तोडफोड गर्ने देशीविदेशी प्रतिक्रियावादी शक्तिको प्रयास असफल भएको छ र स्थायी कमिटी बैठकले पार्टीभित्रको समस्या र अन्तरविरोधलाई समाधान दिएको छ ।

त्यस्तै प्रचण्डले पार्टीलाई दु*र्घटनाबाट बचाउँदै वैचारिक रुपान्तरण अगाडि बढाउन स्थायी कमिटीको बैठक सफल भएको बताए । ‘पार्टीलाई दु*र्घटनाबाट बचाउँदै, पार्टी एकताको रक्षा गरेर पार्टीलाई वैचारिक रूपमा रुपान्तरण गर्नेगरी बैठकले आधार प्रदान गरेको छ, ढोका खोलेको छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘बैठकमा भएका उतारचढावबाट शिक्षा लिँदै र पार्टी एकताको उद्देश्य पूरा गर्नेगरी महाधिवेशनमा बहसको प्रक्रियालाई उन्नत बनाएर सफल बनाउनेतर्फ जुटौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *