नेकपामा अब प्रचण्ड कार्यकारी अध्यक्ष, प्रधानमन्त्री ओली सरकारका काममा केन्द्रीत

काठमाडौं-सत्तारुढ दल नेकपाको कार्यकारी अध्यक्षको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाएका छन् ।

आज बसेको स्थायी कमिटीको बैठकले प्रचण्डलाई पार्टीको कार्यकारी अधिकारको जिम्मेवारी दिएको हो ।

अर्का अध्यक्ष केपी शर्मा ओली भने सरकार सञ्चालनमा केन्द्रित हुने बैठकले निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सरकारले दैनिक कामकारवाही जारी राख्न सक्ने तर राष्ट्रिय महत्वका विषयमा पार्टीको निर्णय सरकारले मान्नुपर्ने पनि बैठकले निर्णय गरेको श्रेष्ठले बताए ।

बैठकले पार्टीको मार्गनिर्देशनमा सरकार संचालन हुने निर्णय पनि बैठकले गरेको छ ।

सरकारका दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने तर आधारभूत नीति र राष्ट्रिय महत्वका निर्णयहरु लिँदा पार्टीको मार्गनिर्देशनलाई ध्यान दिएर सरकारले निर्णय गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *