Butwal Sandesh

Best Nepali Online Newspaper

धरानमा लाहुरेकी श्रीमती: ह*त्या कि आ*त्महत्या ? लाहुरेले पठाए श्रीमति चरी*त्रहिन रहेको भनी यस्तो पत्र, केटा र केटीपक्षको आ-आफ्नै दावी, प्रहरी के भन्छ ?

Spread the love

धरानः धरान-११ की सिंगापुरे लाहुरेकी श्रीमती सोनिहाङ्मा लिम्बूको बिहीबार अत्ये*ष्टी भएको छ । गत सोमबार कोठामा मृ*त फेला परेकी उनको पो*ष्टमार्टमपछि अन्त्ये*ष्टी गरिएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पो*ष्टमार्टम गरेपछि धरानस्थित खत्रीधारामा उनको श*व जलाइएको छ । शुरूमा केटी पक्षले मात्रै ला*श जलाउने भनिएपनि मौखिक सहमतिमा केटापक्षका पनि सहभागी बनेर ला*श जलाइएको थियो ।
‘खासमा शुरूमा माइती पक्षकाले मात्रै जलाउने भन्ने कुरा आएको थियो, तर हामीलाई चित्त बुझेन’, केटा पक्षका माइला भेना जगत राना मगरले भने, ‘रित नबुझाएकोले हामी नै अन्त्येष्टी गर्ने भन्ने उहाँहरूको अडान रह्यो, हामीले पनि भन्यौं केटाकेटीको विवाह दर्ता त भएकै हो, हामीले पनि सँगै अन्त्येष्टी गर्न पाउनुपर्छ भनेर अडान कस्यौं, त्यसपछि दुवै पक्ष एकैपटक गएर अन्त्येष्टी गर्ने भनेर मौखिक सहमती बनेर दुवै पक्ष पुगेर अन्त्येष्टी गरेका हौं ।’ उनका अनुसार लिम्बू समुदायमा श*व गाड्ने प्रचलन रहेपनि अकालमै मृ*त्यु भएकाहरूको जलाउने चलनअनुसार सोनीको श*व जलाइएको हो ।
केटी पक्षको दावी
गत सोमबार बिहान धरान उपमहानगरपालिका–११ स्थित घरको कोठामा सोनीहाङ्मा मृ*त फेला परिन् । सोनीको माइती पक्षले आ*त्महत्या नभई सोनीको ह*त्या भएको दावी गरेपछि घटनाले नयाँ मोड लिएको थियो ।
माइती पक्षले मंगलबार सोनी मृ*त्युबारे सत्यतथ्य छानबिन गर्न माग गर्दै इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी नै दिएका थिए । त्यतिबेला उनीहरूले सत्यतथ्य छानविन नगरेसम्म पो*ष्टमार्टम पनि गर्न नदिने भनेका थिए । किटानी जाहेरी दिएपछि प्रहरीले जसका नाममा किटानी जाहेरी परेको थियो ती व्यक्तिहरूलाई प*क्राउ गरेपछि उनको बिहीबार पो*ष्टमार्टम भएको हो ।
केटा पक्षको दावी
केटा पक्षका आफन्तले सोनीले आ*त्मत्या नै गरेको बताएका छन् । माइती पक्षले लगाएको आ*रोप गलत रहेको उनीहरूको भनाइ छ । उनीहरूले एकोहोरो मा*रिएको आ*रोप मात्रै आफूहरूले खेपिरहेको बताउँदै घ*टना दुःखद् भएको जनाएका छन् । उनीहरूले घटनाबारे अन्य कुराको पनि सत्यतथ्य छानविन हुनुपर्ने माग गरे । केटा पक्षका माइला भेना जगत राना मगरले घटनाबारे छिटोभन्दा छिटो घटनाबारे सत्यतथ्य बाहिर आउनुपर्ने बताए । ‘सत्यतथ्य त छानविन हुनैपर्छ ।’ उनले भने । उनले घटनाबारे दुवै पक्ष बसेर कसको गल्ती कसरी भएको हो भने कसरी यो घटना घटेको हो भन्नेबारेमा निचोडमा पुग्नुपर्ने र घटनाबारे अन्य कुरा पनि खुलेकोले त्यसबारेमा प्रहरीलाई समेत सहयोग गर्नुपर्ने बताए । ‘हामी अलि बढी आवेगका पो आयौं कि, खासमा घ*टना घट्नुमा अन्य कारण पनि हुन सक्लान्, त्यतातिर पनि ध्यान दिँदै छलफल चलाउनु आजको आवश्यकता हो ।’ उनले केटाकेटीको पहिलाको अवस्था के थियो र अहिले कुन अवस्थामा आइपुगेका थिए भन्नेबारेमा पनि छानविन हुनुपर्ने बताए । उनले केटीको पहिलाको ब्वाइफ्रेण्डले पनि फँसा*उने जुक्ति निकालेको हुनसक्ने आंकलन आफूहरूले पनि गरेको बताए । केटा पक्षकी जेठी दिदी माया माबोले पनि सत्यतथ्य बाहिर आउनुपर्ने बताइन् । उनले कि*टानी जाहेरीमा चित्त नबुझेको बताइन् । ‘घ*टना हुँदा लाहुरेकी एक दिदी पाँचथरमा रहेको, थाहा पाएपछि धरान आइपुगेको र अर्की दिदी घ*टना घटेपछि मात्रै घटनास्थल पुगेकी थिइन् र लाहुरे सिंगापुरमै छन् तर उनीहरूलाई पनि किटानी जाहेरी दिनुचाहिँ दुःखद् हो । एक दिदीको अहिले दुई वर्षको बच्चा समेत छ । उसले दूधसमेत खान नपाएको अवस्था छ, यस्तो कुरामा मानवीयता त नहेरिएला तर मानवीयताका कुरा पनि हेरेको भए हुन्थ्यो ।’ उनले गुनासो पोखिन् । अर्की दिदी अप्सरा माबोले परिवारबाट त्यस्तो केही दबाव नदिएको र केटा र केटीबीचमै अन्य केही भए आफूहरूलाई केही थाहा नभएको बताइन् ।
प्रहरी के भन्छ ?
केटीपक्षले मृ*त्यु शं*कास्पद भन्दै कि*टानी जाहेरी दिएपछि अहिले केटापक्षका केही व्यक्ति अनुसन्धानको घेरामा समेत रहेको र प*क्राउ समेत परिसकेको अवस्था छ । उनी पनि अहिले अनुसन्धानको घेरामै छन् । अहिले उनीहरूमाथि जिल्ला अदालत सुनसरीबाट कर्तव्य ज्यान मु*द्दामा १० दिनको म्याद थप गरी अनुसन्धान शुरू भएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । प्रहरीले बुधबार सोनीका ससुरा ६१ वर्षीय भीम माबो, देवर २० वर्षीय हेमकुमार माबो, आमाजुहरू २८ वर्षीया सञ्जु माबो र २५ वर्षीया विमला माबो प*क्राउ गरेको थियो । माइती पक्षले सोनीका श्रीमान सिंगापुर प्रहरीमा कार्यरत् युवराज भनिने आइत माबोको समेत नाम किटान गरेर जाहेरी दिएका छन् । पोस्टमार्टमको रिपोर्ट आउन बाँकी छ । ‘अब तीन चार दिनमा रिपोर्ट आइहाल्छ, त्यसले पनि धेरै कुरा खुल्छ’, उनले भने, ‘हामी जतिसक्दो छिटो अनुसन्धानलाई अघि बढाउँछौं ।’
घटनापछि आयो लाहुरेको यस्तो पत्र
घ*टना घटिसकेपछि बिहीबार बिहान सिंगापुरे लाहुरे आइतले पनि एउटा पत्र पठाएको केटा पक्षका माइला भेना जगतले बताए । ती लाहुरेले पत्रको अन्तिममा ठोस प्रमाण जुटाएर सख्त कारवाहीको माग पनि गरेका छन् । उनले पत्रमा भनेका छन्–म माथि खे*लवाड भयो । उनको पत्र अनुसार उनले श्रीमतीसँग अन्य अनै*तिक क्रियाकलाप थाहा भएपछि आ*त्महत्याको कारक बन्न सक्ने दावी पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *