यी १२ पा´प गर्नेलाई कहिल्यै क्षमा गर्नुहुन्न भगवान शिवजीले, सुखी जीवनको लागि नगर्नुहोस् यस्ता कार्य !
भगवान शिवलाई भोलेनाथ पनि भनिएको छ। तर शिव आफ्नो भक्तसँग जति सजिलै प्रसन्न हुनुहुन्छ यहाँको क्रोध पनि उत्तिकै विनाशकारी छ। भनिन्छ कि शिवले तेस्रो आँखा खोलेको दिन संसारको अन्त निश्चित छ। शिव पुराणमा १२ कार्यहरू, आचरण र सोचाइ द्वारा गरिने पापको वर्णन गरिएको छ, जुन पापलाई भगवान शिवले कहिल्यै क्षमा गर्नुहुन्न। यस्तो व्यक्ति कहिले पनि सुखी जीवन बिताउन सक्दैन।
के-के हुन् त त्यस्ता पा´प जसलाई भगवान शिवले कहिल्यै पनि क्षमा गर्नु हुँदैन? जान्नुहोस्…
१. अरूको श्रीमान वा श्रीमती माथि नराम्रो नजर राख्नु, वा उनीहरुलाई प्राप्त गर्ने चाहना राख्नु पनि पा´पको श्रेणीमा पर्छ।
२. अरुको धनलाई आफ्नो बनाउने चाहना राख्नु पनि शिव जीको नजरमा एउटा अक्षम्य अ´पराध वा पा´प हो।
३. कुनै निर्दोष व्यक्तिलाई यातना दिने, हानि पुर्याउने, लु´ट्ने, उसको लागि बा´धा उत्पन्न गर्ने योजना बनाउने, वा यस्तो सोच्न राख्नु भगवान शिवको नजरमा अक्षम्य पा´प हो।
४. राम्रो कुरा, राम्री बानी व्यवहार भुलेर स्वयम् ख´राब मार्गमा लाग्नु पनि अक्षम्य पा´प हो।
५. गर्भवती महिला वा महिनावारी भएकी महिलासँग कटु वचन बोल्नु वा तुच्छ बोलीले उनीहरूको मन दुखाउनु भनेको शिवको नजरमा अक्षम्य पा´प हो।
६. कसैको इज्जतमा दाग लगाउने उद्देश्यले झूट बोल्नु भनेको ‘धो´का’ को श्रेणी अन्तर्गत पर्दछ र यसले अक्षम्य पा´पको भागेदारी बनाउँछ।
७. समाजमा कसैको मान-सम्मानमा हानि पुर्याउने नियतले उनीहरुको पछाडी कुरा काट्ने वा भ्रम फैलाउनु पनि एक अक्षम्य पा´प हो।
८. धर्म अनुसार निषेधित चीज खानु वा धर्मको बिरूद्ध व्यवहार गर्नु पनि भगवान शिवको नजरमा महापा´प हो।
९. बच्चाहरू, महिलाहरू वा कुनै कमजोर प्राणी विरूद्ध हिं´सा र असामाजिक कार्यहरूमा संलग्न हुने व्यक्ति पा´पको दो´षी मानिन्छ।
१०. गलत तरिकाले अरुको सम्पत्तिमा कब्जा गर्नु, ब्राह्मण वा मन्दिरका सामानहरू चो´र्नु वा गलत तरिकाले प्राप्त गर्नु पनि एउटा महापा´प मानिन्छ।
११. तपाईंले गुरु, आमाबाबु, पत्नी वा पुर्खाको भुलेर पनि अपमान गर्नु हुँदैन।
१२. मदिरापान गर्नु, गुरुकी श्रीमतीसँग सम्बन्ध राख्नु, दान गरेको चीज वा पैसा फिर्ता लिनु पनि एउटा ठूलो पा´प मानिन्छ जसलाई भगवान शिवले कहिल्यै माफी दिनुहुन्न।