Butwal Sandesh

Best Nepali Online Newspaper

यी ८ राशिका लागि अति शुभ छ असोज महिना, हेर्नुहोस् मासिक राशिफल

Spread the love

सूर्य कन्या राशिमा, वृहस्पति बक्रि भएर धनुराशिमा रहने छ । शनी बक्रि भएर धनु राशिमा रहने छन् । मंगल अशोज महिना मीन राशिमा रहने छ । राहु वृष राशिमा, केतु वृश्चिक राशिमा रहन्छ । शुक्र महिनाको अमरम्भमा कर्कट राशिमा रहने छन् असोजको १० गते देखि सिंह राशिमा रहने छ । बुध असोज महिनाको आरम्भमा कन्या राशिमा र असोजको ०४ गते देखि तुला राशिमा विचरण गर्ने छन् । सिंह राशिमा चन्द्र रहेका समयमा महिना आरम्भ हुनेछ ।

मेषः सूर्य छैठौं भावमा रहने भएकाले स्वस्थ्यमा पी*डा भएपनि मान्यजनबाट विशेष लाभ मिल्नेछ । विशेष धन प्राप्तिको योग रहेको छ । जग्गा जमिनको कारोवार हुन सक्नेछ , तर श*त्रुहरूबाट भने बच्नु पर्ने हुन्छ । परिवारमा प्रेमको भाव पैmलनेछ ।

वृषः सूर्य पाँचौ भावमा रहने भएकाले वि*वाद र आर्थिक समस्या प्राप्तहोला । धनागमनको योग रहेकाले विशेष आर्थिक लाभ रहनेछ । पठनपाठनका क्षेत्रमा सोचेजति सफलता प्राप्तहुन सक्नेछैन । आकस्मिक रूपमा नराम्रो समाचार सुन्नुपर्ने छ । श*त्रुवृद्धि हुन सक्ने छ ।

मिथुनः सूर्य चौथो भावमा रहने भएकाले आर्थिक लाभ, अनावश्यक वि*वाद भएपनि मान वृद्धि हुनसक्ला । ह*तियार तथा बहानबाट साबधान रहनु पर्ने हुन्छ । धनागमन हुनसक्ने छ । प्रेम सम्बन्धमा सुमधुरता रहनेछ । परिवारमा रचनात्मक कार्य हुनेछ ।

कर्कटः सूर्य तेस्रो भावमा रहने भएकाले मानप्रतिष्ठामा हानी भएपनि काममा असफलता प्राप्त हुनसक्ला । मंगलकाकारण मनमा भय पैदा गर्नेछ । अस्वाभाविक खर्च वृद्धि हुन सक्नेछ । श*त्रुवृद्धि हनेछन् । प्रेमीप्रेमीका बीच सुमधुरता बिकास हुनेछ । परिवारमा मांगलिक कार्य हुनसक्नेछ ।

सिंहः सूर्य दोस्रो भावमा रहने भएकाले स्थान परिबर्तन, मानप्रतिष्ठामा वृद्धि र काममा सफलता मिल्नेछ । खर्चमा वृद्धि हुनेछ । शारीरिक पी*डा, मानसिक त*नाव रहन सक्नेछ । तर विगतमा फसेका लगानीको आंशिक प्रतिफल प्रप्त हुनसक्ने छ । प्रेममा सफलता र पारिवारिक जीवन सुखद हुनेछ । अध्ययनका क्षेत्रमा असफलता भोग्नुपर्ने होला ।

कन्याः सूर्य लग्न भावमा रहने भएकाले विविध आ*पत्तिको निवारणका साथै स्वस्थ्यमा लाभ, खर्च वृद्धि र यात्राबाट लाभ । आर्थिक लाभ प्राप्त हुन सक्ला, अध्ययनका क्षेत्रमा विशेष सफलता प्राप्त गरेकाकारण मानसम्मान पाउन सकिने छ । मनमा द्विविधा बढेर जानेछ । प्रेममा सफलता, परिवारमा सुखद समाचार सुन्न पाइने छ ।

तुलाः सूर्य बाह्रौं भावमा रहने भएकाले विविध आ*पत्तिको आगमन, स्वास्थ्य तथा यात्रामा पी*डा । धनक्षति हुन सक्ला । श*त्रुलाई परास्त गर्ने समय रहेको छ । प्रेममा सफलता, परिवारमा सुखद तथा मन प्रसन्नहुने काम हुनसक्ने छ । नोकरीका क्षेत्रमा कष्ट, व्यापारमा भनेजस्तो प्रतिफल प्राप्तहुन नसकेपनि धैर्यता नगुमाउनु नै बेस होला ।

वृश्चिकः सूर्य एघारौं भावमा रहने भएकाले मानप्रतिष्ठामा हानी, काममा दौड धुप, यात्रामा खर्च र अनावश्यक वि*वाद होला । स्वास्थ्यमा समस्या आउन सक्ला, आकस्मिक लाभ हुन सक्नेछ । अध्ययन क्षेत्रमा सफलता रहने देखिन्छ । पारिवारिक क्षेत्रमा केहि खटपट रहला ।

धनुः सूर्य दशौ भावमा रहने भएकाले आफन्तमा लाभ, अनावश्यक यात्रा भएपनि काममा सफलता मिल्नेछ । शस्त्रबाट भय रहने भएपनि शारीरिक सुख मनग्य पाउनुहुनेछ । अध्ययन अध्यापन मार्ग अधुरा रहने छन् । पारिवारीक झमेलाले सताउन सक्नेछ ।

मकरः सूर्य नवौं भावमा रहने भएकाले स्वास्थ्यमा पी*डा मान्यजनमा सहयोग र आफन्तजनमा विवाद हुनसक्ने देखिन्छ । अनावश्यक क्षेत्रमा धन खर्च हुनसक्ला, मनमा वितृष्णाको भाव बिकाश हुनेछ । विद्या क्षेत्रमा विशेष सफलताका साथै सम्मान प्राप्तहोला, पेमी पेमिका बीच दुरी बढ्नुका साथै विवाहितको पारिवारीक जीवनमा उतार चढाव आउन सक्नेछ ।

कुम्भः सूर्य आठौं भावमा रहने भएकार्ले मानप्रतिष्ठामा वृद्धि, काममा सफलता तथा उदर पी*डा हुनसक्नेछ । नसोचेको क्षेत्रबाट धनागमन हुनेछ, स्वस्थ्यका क्षेत्रमा धेरै समस्या रहला । विद्यामार्गमा सोचेजति सफलता प्राप्त हुन नसक्ला । परिवारमा प्रेमको भावना पैmलनेछ ।

मीनः सूर्य सातौं भावमा रहने भएकाले यात्रात्राट लाभ र वि*वादबाट हानी हुनसक्छ । सन्तानबाट सोचेजति सन्तोष प्राप्तहुनेछैन । अनावश्यक क्षेत्रमा धन खर्च हुनेछ, परिवारमा वेमेल रहने छ , तर अध्ययन अध्यापन मार्गबाट राम्रो सफलता प्राप्त गर्न सक्नुहुनेछ । लामो समय देखि अल्झेका आर्थिक काममा केही सुधारका लक्षण देखा पर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *