Butwal Sandesh

Best Nepali Online Newspaper

आजको राशिफल: बि सं २०७७ साल भदौ २२ गते सोमबार तदानुसार इश्बी सन २०२० सेप्टेम्बर ७ तारिख ।

Spread the love

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

आफन्तसंग आकस्मिक भेट हुनेछ। परिवारमा सुखमय वातावरण रहनेछ। आर्थिक लाभ मिल्ने सम्भावना रहेको छ। यात्राको योग बन्नेछ। नयाँ कार्य सुरु गर्नको लागि समय उत्तम छ। स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ। परिवारका सदस्यको साथ मदभेद हुनसक्छ। परिश्रम अनुसार कार्य सफलता नमिल्दा मन चिन्तित रहला। खर्चमा वृद्धि हुँदा आर्थिक पक्ष कमजोर रहन सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

सामाजिक, आर्थिक तथा पारिवारिक क्षेत्रमा लाभ मिल्ने सम्भावना रहेको छ। समाजमा मान-प्रतिष्ठा बढ्नेछ। मित्रबाट लाभ मिल्ने देखिन्छ। दाम्पत्य जीवनमा सुमधुरता छाउनेछ। विवाह सम्बन्धि वार्ता सफल रहनेछ। खर्च बढ्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसंग प्रशन्न रहनेछन्। पदोन्नतीको योग रहेको छ। परिवारका सदस्यसंग निकटता बढ्नेछ। सामाजिक मान-प्रतिष्ठामा वृद्धि हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। सरकारी क्षेत्रमा समय अनुकूल रहनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

स्वास्थ्यमा समस्या आउनसक्छ, खासगरी पेट सम्बन्धि समस्या देखा पर्नसक्छ। शारीरिक थकान महशुस हुनेछ। कार्यक्षेत्रमा समय अनुकूल नरहला। क्रोध तथा वाणीमा संयम राख्नुहोला। धार्मिक यात्राको शुभ प्रसङ्ग बन्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

उग्र स्वभावको कारण समस्यामा पर्न सकिन्छ। नयाँ कार्य प्रारम्भ गर्नको लागि समय शुभ छैन। अत्याधिक खर्च हुँदा आर्थिक समस्या आउनसक्छ। पानीबाट टाढा रहनुहोला। परिवारमा म*नमुटावको स्थिति सिर्जना हुनसक्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

कला ताता सिर्जनात्मक क्षेत्रमा रुचि बढ्नेछ। यात्राको योग बन्नेछ। विपरित लिंगीसंगको भेटले मन प्रशन्न रहनेछ। सामाजिक मान-सम्मान बढ्नेछ। नयाँ वस्त्र प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। कार्यक्षेत्रमा समय अनुकूल रहनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

स्वास्थ्य राम्रो रहनेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। निर्धारित कार्य सफलतापूर्वक सम्पन्न हुनेछ। कार्यक्षेत्रमा सहकर्मीको भरपूर साथ मिल्नेछ। आर्थिक लाभ मिल्नेछ। शत्रु तथा प्रतिस्पर्धी पराजित हुनेछन्। खर्चमा वृद्धि हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

सन्तानको स्वास्थ्य तथा पढाई चिन्ताको विषय बन्न सक्छ। पेट सम्बधि समस्याले सताउन सक्छ। साहित्य तथा लेखन क्षेत्रमा सफलता मिल्नेछ। अनावश्यक वाद-विवादमा नपर्नुहोला। प्रिय व्यक्तिसंगको भेटले मन प्रशन्न रहनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

शारीरिक तथा मानसिक स्फूर्तिको महशुस गर्नुहुनेछ। परिवारका सदस्यका साथ मनमुटावको स्थिति आउनसक्छ। खान-पानमा विशेष ध्यान राख्नुहोला। धन खर्च हुनेछ। स्त्री वर्गबाट यस दिन टाढा नै रहनुहोला, अन्यथा हानि पुग्न सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

साथीहरुबाट लाभ मिल्नेछ। यात्राको योग बन्नेछ। आफन्तसंग आनन्दमय समय बित्नेछ। प्रिय व्यक्तिसंग भेट गर्ने मौका मिल्नेछ। आर्थिक लाभ मिल्ने सम्भावना रहेको छ। सामाजिक मान-सम्मान बढ्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

आर्थिक आयोजान गर्नको लागि दिन शुभ रहनेछ। निर्धतित कार्य सरलताका साथ पूरा हुनेछ। आयका स्रोत बढ्नेछन्। परिवारमा सुख-शान्तिको वातावरण रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *