Butwal Sandesh

Best Nepali Online Newspaper

युएईमा कोरोनाका कारण यो साता ५ नेपालीको मृ*त्यु

Spread the love

विश्व ब्यापी म*हामारी कोरोना भाइरस (कोभिड १९) सं*क्रमणबाट विदेशमा थप ५ जना नेपालीको नि*धन भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता मृ*त्यु भएका सबै युएईका हुन् ।

योसँगै शनिवार साँझसम्म विदेशका विभिन्न १६ देशमा सं*क्रमणका कारण मृ*त्यु भएका नेपालीको संख्या २ सय पुगेको छ ।

स्वास्थ्य समितिका अनुसार यो साता दक्षिण कोरियामा रहेका नेपालीहरुमा पहिलो पटक कोरोना भाइरसको सं*क्रमण देखिएको छ ।

समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार जापान, अष्ट्रेलिया, कतार लगायतका देशमा यो साता कोरोना सं*क्रमणदर सामान्य रुपमा वृद्धि भएको छ । संघका अनुसार हाल सम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट सं*क्रमित भएका छन् ।

कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुको ज्या*न हो ।

हालसम्म नेपाल बाहेक विदेशमा मात्र ३४ हजार ९ सय ३९ जनामा कोरोना सं*क्रमण देखिएको छ । ३२ हजार ९ सय ८९ जना कोरोना सं*क्रमणबाट मुक्त भएको समितिले जनाएको छ । यो कुल सं*क्रमित संख्याको ९४ प्रतिशत हो ।

यस्तै नेपालमा मात्र ४५ हजार २ सय ७७ जना कोरोना भाइरसबाट सं*क्रमित भएका छन् भने ती मध्ये २७ हजार १ सय २७ जना कोरोनामुक्त भएका छन् । नेपालमा कोरोना मुक्त हुने संख्या औषत ६० प्रतिशत रहेको छ ।

नेपालमा २ सय ८० जनाको कोरोना कारण ज्या*न गएको छ । कोरोना सं*क्रमणका कारण नेपाल सहित जम्मा ४ सय ८० जनाको नि*धन भएको स्वास्थ्य समितिले जनाएको छ ।

यस्तै विश्वभर ८० हजार २ सय १६ जनामा नेपालीमा सं*क्रमण देखिएको छ भने ती मध्ये ६० हजार १ सय १० जना कोरोना मुक्त भएका छन् । नेपाल सहित कोरोना सं*क्रमणबाट मुक्त हुनेको संख्या औसत ७५ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *