Butwal Sandesh

Best Nepali Online Newspaper

संहारको देवताका रुपमा पुजिने भगवान हुन् शिवजी

Spread the love

काठमाडौँ । हिन्दु धर्मका धर्मावलम्बीहरु भगवान् शिवलाई निकै आस्थाका साथ मान सम्मान र पूजा गर्ने गर्दछन् । त्यसैले हिन्दु धर्ममा भगवान शिवको महिमा अपरम्पार छ भनिन्छ । शिव हिन्दू धर्मका प्रमुख देवताहरू मध्येका एक हुन् महादेव । महादेव, परमेश्वर आदि नामले चिनिने भगवान् शिवलाई प्रायःजसो शिवलिङ्गको रूपमा पूजा गर्ने गरिन्छ।

संहारको देवताका रुपमा मानिने भगवान शिवजी ब्रह्माण्डमा घुम्न निक्लिए । घुम्दै जाँदा एकजना ऋषि मुनिको परिवारकोमा पुगे । शिव पुराणमा वर्णन गरे अनुसार शान्त स्वभावका भोलेनाथसँग ऋषिका पतिनहरु आर्कषित हुन थालेपछि ऋषिहरु निकै रिसाए । बलवान् पुरुष भगवान् शिव हुन् भन्ने उनीहरुले पत्तै पाएनन् ।

सोही जंगलमा शिव नग्न अवस्थामा बस्न थालेपछि ऋषिहरुले ठूलो खाल्डो खनेर शिवलाई खाल्डोमा पार्ने जुक्ति रच्न थाले । षिहरुले खनेको खाल्डोमा शिवजी खसेपछि शिवलाई सजाय दिने उदेश्यले उनीहरुले एउटा बाघ पनि खाल्डोमा खसालिदिए ।

तर बाघले शिवलाई आक्रमण गर्नु त परको कुरा शिवले उक्त बाघलाई मारेर उसकै छाला धारण गरेको देखेपछि ऋषिहरुको मनमा चिसो पस्यो र उनी सामान्य मानिस नभएको ऋषिहरुले निश्कर्ष निकाले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *