Butwal Sandesh

Best Nepali Online Newspaper

आजको राशिफल: विक्रम सम्बत २०७७ साल भदौ २० गते शनिवार तदानुसार इश्वी सम्बत २०२० सेप्टेम्बर ०५ तारिख ।

Spread the love

आज विक्रम सम्बत २०७७ साल भदौ २० गते शनिवार तदानुसार इश्वी सम्बत २०२० सेप्टेम्बर ०५ तारिख । नेपाल सम्वत् ११४० ञलगा । आश्विन कृष्णपक्ष तृतीया, ०४:२३ बजे उप्रान्त चतुर्थी । नक्षत्र : पूरेवती , २५:२४ बजे उप्रान्त अश्विनी । करण: भद्रा १४:२३ बजेदेखि वव , २७:२५ बजे उप्रान्त तैतिल । योग : गण्ड , १५:०४ बजे उप्रान्त वृद्धि । आज सूर्योदय बिहान ५ बजेर ४५ मिनेटमा भयो भने सूर्यास्त बेलुकी ६ बजेर १८ मिनेटमा हुने छ । आजको राशिफल निम्नानुसार छ–

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज तपाईंको स्वभावले सबैको मन जित्ने छ । मन चन्चल हुने छ । पैसाको महत्व थाहा पाइने छ । आज तपाईंले बचत गरेर राखेको धन सदुपयोग गर्न पाइने मौका छ । आवश्यकता परेको अवस्थामा साथीहरुको पनि सहयोग प्राप्त हुने छ । वैवाहिक सम्बन्ध पनि थप समधुर बन्ने योग छ । कुनै पनि योजना नबनाएको अवस्थामा प्राप्त अवसर गुम्ने खतरा पनि छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

प्रवल आत्मविश्वासका कारण आज तपाईंका केही महत्वपूर्ण कामहरु सफल हुनेछन् । साथै आज तपाईंका लागि आरामका लागि प्रसस्त समय पनि प्राप्त हुने छ । तपाईंबाट बिना कुनै धितो ऋण लिएको व्यक्तिले तपाईंको ऋण चुक्ता गर्ने छ । आज कोही आफन्त तपाईंको घरमा पाहुना लाग्न पनि आउन सक्छन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

अनावश्यक वि*वादले आज तपाईंको दैनिकी केही तनावपूर्ण हुन सक्छ । व्यर्थको चिन्ता र समस्याले तपाईंको स्वास्थ्यमा नराम्रो असर पार्न सक्छ । आज छालासँग सम्बन्धित समस्याले पनि सताउन सक्छ । जीवनसाथीसँग पनि धन–सम्पत्तिको विषयलाई लिएर झगडा हुन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

धुम्रपान तथा मध्यपानको लतमा हुनुहुन्छ र त्यसलाई छोड्न चाहनुहुन्छ भने आज गरेको प्रयासले सार्थकता पाउनेछ । आज तपाईंलाई केही स्रोतबाट आर्थिक लाभ हुन सक्छ । आज तपाईंले जीवनमा वास्तविक प्रेमको अभाव महशूस गर्न सक्नुहुन्छ । खाली समयमा आज केही रचनात्मक काम गर्न सक्नुहुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

ग्रह तथा नक्षत्रको चाल आज तपाईंका लागि सही छैन । आजका दिन धन खर्च हुने खतरा छ । पैसा खर्चिनबाट बच्नुहोला । यसबीच केही घरायसी काम भने सम्पन्न हुनेछन् । जीवनसाथीसँग पनि धेरै अपेक्षा नगर्नुहोला । उच्च मनोकांक्षाका कारण निराश हुनुपर्ने स्थिति पनि आउन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशी भएका जातकमध्ये गर्भवती महिलाका लागि आजको दिन केही कष्टपूर्ण हुन सक्छ । आर्थिक रुपमा केही लाभ हात पार्न सकिने छ । लामो समयदेखि फिर्ता लिन नसकिएको ऋण पनि आज सजिलै फिर्ता पाउन सकिने छ । आज जीबनसाथीसँगको सम्बन्ध त्यति धेरै समधुर भने हुने छैन ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज तपाईंले सजिलो काम गर्न पाउनुहुने छ । सजिलो काम कम समयमै सम्पन्न गर्न पाउँदा मनमा केही उत्साह छाउने छ । दुग्धजन्य उद्योगसँग जोडिएका व्यक्तिलाई आज अरु दिनको भन्दा धेरै लाभ प्राप्त हुने छ । आफ्ना गलत बानीहरु परित्याग गर्न आज उपयुक्त समय छ । आज शहरबाहिरको यात्राले केही क्षति पुर्‍याउन सक्छ । बहान चढेर गर्नुपर्ने यात्रालाई आजका लागि स्थगित गर्दा नै राम्रो होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आर्थिक रुपमा केही लाभ हासिल गर्न सकिने छ । तर, आजको दिन व्यर्थमा धन खर्च पनि हुन सक्छ । परिवारका सदस्यहरुसँगको सम्बन्ध थप प्रगाढ बन्ने छ । जीवनसाथीसँगको सम्बन्धमा मधुरता थपिने छ । घरमा कुनै धार्मिक कार्यक्रम सम्पन्न हुन सक्छ । तर, तपाईंको मनमा आज केही कुराका कारण चिन्ता भने भइरहने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सत्य कुरामा दृढ रहने तपाईंको बानीका कारण साथीहरुको भावना ठेस पुग्न सक्छ । आज अचानक धन लाभ हुने योग छ । तपाईं या तपाईंको जीवनसाथीलाई आज चोट लाग्न सक्छ । आज आक्रोशमा आएर तपाईंले परिवारका कुनै सदस्यलाई नराम्रो शब्द पनि भन्न सक्नुहुन्छ, यसबाट बच्नुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज मनमा अलग्गै उत्साह छाउने छ । छुट्टै ऊर्जाका साथ कार्य सम्पन्न हुनेछन् । आर्थिक खर्चमा भने केही नियन्त्रण राख्नुपर्ने हुन सक्छ । आज परिवारका सदस्यहरु भेला हुने मौका पनि सिर्जना हुन सक्छ । जीबनसाथीसँग टाढा रहँदा पनि सम्बन्धमा थप मधुरता थपिने छ । आजका दिन खिर खाँदा तपाईंको व्यक्तिगत जीवनमा राम्रो प्रभाव पर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

योग तथा ध्यानले मानसिक रुपमा स्वस्थ्य राख्न मद्दत पुर्‍याउने छ । आज घरबाट बाहिर जाँदा परिवारका ज्येष्ठ सदस्यको आशिर्वाद लिनुहोला, तपाईंलाई आर्थिक लााभ हुन सक्छ । कार्य क्षेत्रमा हौसला मिल्न सक्छ । विना कारणको शं*काले जीवनसाथीसँगको सम्बन्धमा भने केही तनाव उत्पन्न हुन सक्छ । ॐ भौमाय नमः यो मन्त्रलाई ११ चोटी उच्चारण गर्दा केही राहत मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

कुनै सज्जन तथा धार्मिक व्यक्तिको सल्लाहले तपाईंलाई केही हौसला मिल्न सक्छ । आज अनावश्यक खर्चबाट बच्नुहोला । आज सन्तान शुख प्राप्त हुने योग छ । आज जीवनसाथीसँगको सम्बन्ध पनि प्रेम र ऊर्जाले भरिपूर्ण हुने छ । चाँदीको सिक्का खल्तीमा राख्दा आज तपाईंका लागि फाइदाजनक हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *