Butwal Sandesh

Best Nepali Online Newspaper

पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुं*गामुडा गर्ने युुवक प*क्राउ

Spread the love

हिजो पुल्चोकमा मत्स्येन्द्रनाथको रथ तान्ने स्थानीय युवक र प्रहरीसँगको झ*डपमा प्रहरीलाई ढुंगा हा*न्ने थप एक युवकलाई प्रहरीले प*क्राउ गरेको छ ।

प्रेस लेखेको ज्याकेट लगाएका र हातमा क्यामेरा बोकेर प्रहरीतर्फ ढुंगा हान्ने युवकलाई शुक्रबार अप*राध महाशाखाको टोलीले प*क्राउ गरेको हो ।

उनी महालक्ष्मी नगरपालिका– १३ इमाडोलका २१ वर्षका अनिश महर्जन हुन् । उनी कुनै सञ्चार माध्यममा संलग्न नरहेको र प्रेस कार्ड पनि नभएको पाइएको अप*राध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।

प्रहरीले बिहीबार मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीलाई ढुं*गा मु*ढा गर्ने तेर्ह जनालाई प*क्राउ गरिसकेको छ । साभार : online khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *