धरानकी बिलम राई देशव्यापी बक्तित्वकला प्रतियोगितामा प्रथम
विकास चाम्लिङ राई । देशव्यापी अनलाइन वक्तृत्वकला प्रतियोगितामा धरान १७ की बिलम चाम्लिङ राई प्रथम भएकी छन् । किरात राई विद्यार्थी संघ केन्द्रीय समिति द्धारा आफ्नाे २२ औ स्थापना दिवसको अवसरमा आयोजित ‘मातृ भाषामा शिक्षा विषयक’ देशव्यापी वतृmत्वकला प्रतियोगितामा राई विजेता भएकि हुन ।
किरात राई यायोक्खाको भातृ संगठनको ?पमा रहेको संघको भदौं १७ गते २२ औं स्थापना दिवस हो । प्रतियोगिता विजेता राइले पुरस्कार स्व?प नगद तिस हजार रूपैया र प्रमाण पत्र प्राप्त गर्नेछन । प्रतियोतियोगिताका लागी विजेता राईले सांस्कृतिक पहिरनमा प्रस्तुत भई उक्त विषयमा ५ मिनेट ११ सेकेन्ड लामो प्रस्तुती दिएकी छिन । धरानको डिपो उच्च माविमा स्नातक दोश्रो वर्षमा अध्ययनरत राईले यसअघि २०१७ मा मिस प्लस टुमा फस्ट रनर अप हुँदै मिस डिसिप्लिनको उपाधी समेत जितेकी थिइन ।
प्रतियोगितामा अनिता माझी दोस्रो र छिरिङ शेर्पा तेस्रो भएका छन् । दोस्रो र तेस्रो हुनेले जनहि नगद २० हजार, १० हजार ?पैया र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन । त्यसैगरी सुजन विष्ट, संगीता राई र दिवस लोहो?ङ राई सान्वताना भएका छन् । जुनियर सहभागिको ?पमा कक्षा सात पढ्दै गरेकी दिव्या राई तथा फरक क्षमता भएका (अपाङ्गता) उक्तम लावती लिम्बू पनि पुरस्कृत हुने भएका छन् ।
सान्वता तीनै जनालाई ५ हजारको दरले तथा जुनियर सहभागित तथा फरक क्षमता भएका प्रतियोगितह?लाई तीन हजारको दरले नगद तथा प्रमाणपत्र प्रदान गरिने आयोजक किरावि संघको केन्द्रीय अध्यक्ष जितेन राईले बताए ।
प्रतियोगिता देशभरबाट १०९ जना सहभागि भएको निर्णयक समितिको संयोजक डा. तारामणी राईले जानकारी गराए । निर्णय सार्वजनिक गर्ने क्रममा प्रतियोगितामा पूर्व मेचीदेखि महाकाली सम्मबाट सहभागि भएको जनाउदै देश ब्यापी र बिषय शान्दर्भीक भएको डा. राईले बताए । प्रतियोगितामा बिषय बस्तु, भेषभुषा, हाउभाउ लगायतको बिषय समेटेर निर्णय गरिएको निर्णायक खिलराज राईले बताए । प्रतियोगिताको लागि सहभागिह?बाट ५ मिनेटको भिजुअल मगाइएको थियो । उक्त भिजुअल हेरेर पाँच जना निर्णायकह?ले सर्वसहमत निर्णय गरेका थिए ।
जुम प्रविधिमा भर्चुअल कार्यक्रम
प्रतियोगिताको नतिजा सार्वजनिकसँगै जुम प्रविधिमा भर्चुअल कार्यक्रम संपन्न भएको थियो । किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भाषा आयोगको मातृभाषा विभाग प्रमुख डा. लोकबहादुर लोप्चान, भाषा विद अमृत योञ्जनले मातृ भाषा पठन पाठनको महत्व बारे प्रशिक्षण दिएका थिए ।कार्यक्रममा किराया केन्द्रीय उपाध्यक्ष तथा भातृ संगठन विभाग प्रमुख जीवन हाताचो राई, किरात राई विद्यार्थी संघको पूर्ब अध्यक्ष अर्जुन जम्नेली राई, पूर्व महासचिव डेकिन्द्रकुमार राई, किरात राई कर्मचारी संघको कार्यवाहक अध्यक्ष खिलराज राई लगायतले शुभकामना दिएका थिए । संघको केन्द्रीय अध्यक्ष जितेन राईको सभापतित्वमा आयोजित कार्यक्रममा संघकी पूर्व अध्यक्ष बिर्सिका राई लगायतको संघको बर्तमान केन्द्रीय पदाधिकारी सदस्यह? खोटाङ, सोलुखुम्बु, भोजपुर, धनकुटा, सुनसरी, मोरङ, उदयुपर, पाँचधर लगायतबाट सहभागि भएका थिए ।