५ महिनापछि सुरु भयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चहलपहल
काठमाडौं । करिब ५ महिनापछि कोरोना म*हामारीको बीचमा नै नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ। भदौ १६ गतेबाट उडान खुलेपछि भदौ १७ गते बुधबार काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान अवतरण भएका छन्।
आइसोलेसन र क्वारेन्टाइनको अवस्था हेरि दैनिक ८०० यात्रुको चाप रहने गरी २ देखि ३ वटा सम्म उडान हुने नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।
अन्तर्राष्ट्रिय उडान तालिकामा मलेसियासँगै टर्कीको इस्तानाबुल, कोरियाको सिओल, चीनको गोन्जाओ, सारजहा, कतारको हा र दुबईबाट दैनिक उडान भदौ ४ गते बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय जहाज सशर्त खुलाउने निर्णय गरेको थियो।
सरकारले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय उडान तालिकामा मलेसियासँगै टर्कीको इस्तानाबुल, कोरियाको सिओल, चीनको गोन्जाओ, सारजहा, कतारको दोहा र दुबईबाट नेपालमा दैनिक उडान हुनेछन्।
यी बाहेक नेपाली वायुसेवा कम्पनीहरू नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले पनि जापानको नारिता, चीनको चङगुइङ, मलेसियाको क्वालालम्पुर, युनाइटेड अरब इमिरेट्को आबुधाबी र दुबई र हङकङमा उडान भर्ने तालिका सार्वजनिक भएको छ।
नियमित उडान तालिका एक महिनाका लागि सार्वजनिक गरिएको छ। परिस्थिति अनुसार तालिका हेरफेर हुन सक्ने उड्डयन प्राधिकरणले जानकारी दिएको छ। भदौ १६ बाट अन्तर्राष्ट्रिय उडान खुलेको भए पनि नेपाली नागरिक, विदेशी दातृ संस्थामा कार्यरत र कूटनीतिक नियोगका प्रतिनिधिबाहेक अन्य विदेशी पर्यटक नेपाल आउन नपाउने भनिएको छ।
सरकारले भदौ १६ गतेबाट व्यावसायिक अन्तर्राष्ट्रिय उडान सुरु गरेको भए पनि चार्टर्ड तथा उद्घार उडानलाई पनि निरन्तरता दिने भएको छ। नियमित उडान हुन नसक्ने मुलुकमा चार्टर्ड उडान गरिने पर्यटन मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।