राज्यको ढुकुटीबाट चर्चलाई पैसा बाँड्दै प्रचण्डकी बुहारी, के यसैका लागि ल्याइएको हो धर्मनिरपेक्षता ?
काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डकी बुहारी एवं खानेपानी मन्त्री बिना मगर नेपाली राजनीतिमा वि*वादित नाम हो। उनकै कारण प्रचण्डले पनि बारम्बार आलोचित हुनुपरेको छ।
प्रचण्डका छोरा प्रकाशको बुई चढेर सत्ताको सिँढी चढेकी बिना मगरमा कुनै योग्यता, क्षमता र दक्षता भने छैन। पहुँच र शक्तिका आधारमा पदमा पुगेकी बिना त्यहाँ पुगेर पनि काम गरिरहेकी छैनन्। मेलम्ची यति समयमा ल्याउँछु भनेर बारम्बार आफ्नो वचन खेर फालिरहेकी छन्।
मन्त्रालयभित्रै आर्थिक अनियमिततामा मुछिरहेकी छन्। अब भर्खरै सार्वजनिक एक तथ्यांकअनुसार बिना मगरले आफ्नो निर्वाचन क्षेत्र कञ्चनपुर १ मा चर्चमा पैसा बाँडेको खुलेको छ। जिल्ला समन्वय समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार विनाले विकासका लागि दिएको आफ्नो संसदीय कोषको पैसा चर्च निर्माणमा लगाएकी हुन्।
त्यो त देशलाई धर्म निरपेक्ष घोषणा गरिएपछि बिना मगरको क्षेत्रमा चर्चै चर्च स्थापना भए। धर्म निरपेक्षताको अगुवाई पनि उनकै पार्टी माओवादीले गरेको थियो। जनताको मतलाई लत्याउँदै जबरजस्ती धर्म निरपेक्ष बनाउनुको परिणाम अहिले देखिन थालेको छ। बिना मात्रै होइन देशकै धेरै जनप्रतिनिधिले विकासका लागि जनताको करबाट उठाएको पैसा चर्चमा लगानी गरेका छन्।
यसबाट धर्म निरपेक्ष बनाउनुको उद्देश्य नेपालबाट सनातन धर्मको पहिचान मासेर किश्चियन धर्मको देश हो भन्ने प्रष्ट हुन्छ। विना मगरको क्षेत्रका ७ वटा चर्चहरूले ५ लाख देखि रू २० लाखसम्म बजेट पाएका छन्। पुनर्वास प्रार्थना भवन निर्माण लागि १९ लाख ५० हजार दिइयो। गेत्समानी चर्च (रामबस्ती)का लागि १० लाख, बिजयएल बेथेल चर्च च गाउँका लागि ५ लाख र नवजीवन चर्च (राम वस्ती)का लागि ५ लाख रुपैयाँ दिइएको छ। यो पैसा विकासमा लगाएको भए राम्रो बाटो वा स्वास्थ्यको काम हुन्थ्यो।
तर जसले जबरजस्ती धर्म निरपेक्ष गराए उनीहरुनै सनातन धर्म मासेर क्रिश्यन धर्मलाई काखी च्यापिरहेका छन्। कोरोना महामारीका बेला सरकारले पैसा नभएको भनेको र सांसदले चर्चलाई पैसा बाँडेपछि एक नागरिक सर्वेस अर्यालले ट्वीटरमा आ*क्रोश पोखेका छन्, ‘सग्रहालय भवनको लागि मन्त्री बिना मगरबाट, मन्त्रालयबाट ८ लाखा सहयोग। नेपालको बिकास गर्ने नेताबाट कोरोनाको चेकजाँचको लागि सरकारसँग पैसा छैन् तर चर्च को लागि भने जति पनि पैसा। वारे गणतन्त्र को सरकार। जो कोहि किन नहोस, हामी सनातनी एक हौ। एक साथ जवाफ दिने समय आयो।’