Butwal Sandesh

Best Nepali Online Newspaper

भुलेर पनि नखानुहोस बिहान बिहानै यी खानेकुरा

Spread the love

जसोको बानी बिहान खालि पेटमा चिया अथवा अरु जे खाने कुरा पायो त्यहि खाने हुन्छ। झन् कसैको बानी त विहान बेडमै चिया पिउने हुन्छ जसले हाम्रो जीवनलाई दिनहुँ अस्वस्थ बनाइरहेका हुन्छन्। हामि सबैलाई थाहा नहुन पनि सक्छ कि कुनै खाना खाली पेटमा खादा विष सेवन गरे जस्तै हुन्छ । हाम्रो शरीरलाई त्यस्तो खाने कुराले नाजुक बनाइ दिन्छन्। यी खाने कुरा कहिले पनि खाली पेटमा खान हुँदैन ।

चिया र कफी: हामी बिहानको समयमा खाली पेटमा चिया र कफी पिउछौ । जुन स्वास्थ्यको लागि हानीकारक हुन सक्छ । यसले एसिडिटी पनि हुन्छ । कफीले हाइड्रोक्लोरिक एसिडको गतिलाई रोक्छ, जसले गर्दा ग्यास्ट्रकिको समस्या हुन्छ । यस्तै चियामा पनि उच्च मात्रामा अम्ल (एसिड) हुन्छ जसले तपाईको पाचन प्रक्रियालाई असर पुर्याउनुका साथै पेट दुख्ने समस्या उत्पन्न हुन सक्छन् ।                                        मसालेदार खाना : प्रायः जसोलाई स्पाईसी वा धेरै पिरो खानेकुरा मन पर्छ र बिहानै ब्रेकफास्टमा खान्छन् जुन कहिले पनि खानु हुँदैन । यसले पुरै दिन पेटमा एसिडिटी बनाउँछ र यसले अल्सर जस्ता रोगलाई पनि निम्त्याउन सक्छ ।

सफ्ट ड्रिङ्स : विषेश गरी कोल्ड ड्रिन्क्स खाली पेटमा कहिले पिउनु हुँदैन । यसमा उच्च मात्रामा कार्बोनेट एसिड हुन्छ । जुन पेटको एसिडसँग मिसिँदा गम्भीर समस्याको कारण बन्न सक्छ । र पेटमा ग्यास भरिने तथा वान्ता हुने जस्ता समस्याले पनि सताउन सक्छ ।

अमिलो फल : अमिलो फल खाली पेटमा खानु पनि हानिकारक हुन्छ । जस्तै सुन्तला, कागती, अम्बा आदि फल खाली पेट खानु हुँदैन । यसले पेटमा एसिड बन्छ

source: sancharpati

Leave a Reply

Your email address will not be published. Required fields are marked *