Butwal Sandesh

Best Nepali Online Newspaper

भदौ महिनाभर लामो दूरीका सवारीसधान सञ्चालन हुन नदिने सरकारको निर्णय

Spread the love

काठमाडौँ – कोरोना भाइरसको सं*क्रमण फैलदै गएपछि सरकारले लामो दूरीका सवारी साधन भदौ महिनाभर सञ्चालन हुन नदिने निर्णय गरेको छ ।

मुलुकभर कोरोना भाइरसको म*हामारी बढेपछि ४९ जिल्लामा लकडाउन भएको अवस्था र लामो दूरीका सवारी साधन सञ्चालन गर्दा सं*क्रमणको जो*खिम अझ बढ्ने भएपछि त्यस्ता सवारी साधन तत्काल चल्न नदिइने निर्णय गरिएको हो ।

यसअघि सरकारले गत साउन ६ गतेको मन्त्रिपरिषद् बैठकले भदौ १ देखि सञ्चालन गर्ने दिने भनिएको लामो दूरीका सवारी साधन फेरि सं*क्रमित बढेपछि भदौ १५ अघि सञ्चालन हुन नदिने निर्णय गरेको थियो । तर, सं*क्रमित बढेपछि अब यो सीमा पनि बढेको छ ।

त्यसैगरि, सरकारले तीन वटा देशमा उडानका लागि सम्झौता गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतबार भएको मन्त्रालयको उच्चस्तरीय ब्यवस्थापन समूहको बैठकले ईन्डोनेसिया, फिनल्याड र रसियासँग हवाई उडानका लागि सम्झौता गर्ने निर्णय गरेको हो ।

बैठकले भाद्र १६ देखि हुने नियमित अन्तर्राष्ट्रिय उडानमा लिइने भाडाको नियमित निगरानीसमेत गर्ने भएको छ । नेपालीहरु स्वदेश फिर्तालगायत विषयलाई अनुगमन र सहजीकरण गर्न पर्यटन मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति पनि गठन गरिएको छ ।

समितिमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा, नेपाल नागरिक उड्डयन प्राधिकरणका हिराजन काफ्ले र नेपाल पर्यटन बोर्डका प्रबन्धक सुनिल शर्मा सदस्य छन् ।

समितिलाई हवाई उडान भाडादर यात्रुहरुको परिवहनका विषयमा अनुगमन गर्ने, होटलले प्रदान गर्ने मापदण्डको विषयमा स्थलगत अनुगमन गरी पृष्ठपोषण गर्ने, हानलगायतका संघ संस्थाहरुसँग आवश्यक समन्वय गर्नेलगायतको कार्यादेश दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *