Butwal Sandesh

Best Nepali Online Newspaper

यो साता निकै राम्रो छ यी ८ राशिको भाग्य, हेर्नुहोस् भदाै १४ देखि भदाै २० गतेसम्मको साप्ताहिक राशिफल

Spread the love

मेष– माटो जग्गाजमीनबाट फाइदा मिल्नेछ । सामाजिक एवं धार्मिक क्षेत्रतिर व्यस्तता बढ्ने तथा पदीय प्रशंसा मिल्नेछ । लगानीमा सामान्य फाइदा हुनाले आर्थिक भार कम हुनेछ । काममा चिन्ता मिल्ने तथा कृषि व्यवसायमा भने आम्दानी हुनेछ । पारीवारिक सहयोग मिल्नाले पुराना कामहरु बन्नेछन् । प्रेममा प्रगति एवं वैवाहिक जीवनमा सन्तुष्टि प्राप्ति हुनेछ ।

वृष–सरकारी एवं पदीय जिम्मेवारी बढ्नाले व्यक्तिगत काममा बाधा हुनेछ । सामूहिक काममा व्यस्तता बढ्ने एवं कार्यभार थपिनेछ । विदेशबाट धन एवं आफन्तजनको सहयोगमा कामको योजना बन्नेछ । खानपिन एवम सुखसयलमा खर्च बढ्ने तथा विलासितामा सामान्य खर्च हुनेछ । धार्मिक काममा खर्च हुनेछ । मित्रको सुख मिल्ने एवं पारीवारिक भेटघाट रहनेछ । सन्तानको सुख मिल्ने एवं वैदेशिक सहायता आउनेछ ।

मिथुन– सामान्य स्वास्थ्य बाधा हुनेछ । काममा ढिलासुस्ती एवं आफन्तजनसँग मनमुटाव रहन सक्नेछ । साताको मध्यमा भने पुराना काम पूरा हुने एवं सामाजिक खर्च हुनेछ । धार्मिक कार्यमा समय एवं खर्च बढ्नेछ । आफन्त एवं नाता गोतासंगको भेटघाटले आर्थिक काममा सहयोग मिल्नेछ ।

कर्कट– व्यवसायमा व्यस्तता बढ्ने एवं काममा प्रतिष्पर्धाले फाइदा कम हुनेछ । खानपिनको कारणले स्वास्थ्यमा बाधा एवं पारीवारिक स्वास्थ्यमा समस्या आउनेछ । साताको मध्यमा भने व्यवसायमा झमेला आउन सक्ने तथा झूठो आरोपको सामना गर्नुपर्नेछ । साझेदारी लगानीमा विवाद हुनेछ । प्रेममा प्रगति मिल्ने तथा आफन्त सँग भेटघाट हुनेछ ।

सिंह– व्यापार व्यवसायमा बाधा हुने तथा सम्पतिको चिन्ता हुनेछ । परिवारसँगको रमाइलोमा दिन बित्ने एवं वैवाहिक जीवनमा प्रेमको वृद्धि हुनेछ । छोटो यात्रा हुने तथा व्यवसायमा सन्तुष्टि मिल्नेछ । साताको अन्त्यमा भने स्वास्थ्यमा गडबडी एव्ं आफन्तजनसँग सामान्य वैरभाव रहनेछ । साताको शुरुमा व्यवसायिक काममा रुचि बढ्नेछ । जिम्मेवारी थपिने एवं ठूलाबडाको साथ भने मिल्नेछ ।

कन्या– अध्ययन एवं कला, संगीतमा रुचि जानेछ । महिलावर्ग एवं नजीकाको मित्रवाट धनको सहयोग मिधार्मिक एवं आध्यात्मि क्षेत्रमा संलग्नता बढ्ने तथा व्यापार व्यावसायमा भने केही आम्दानी हुनेछ । सन्तानको सहयोगले अधुरा काममा प्रगति देखिन्छ । सामान्य वादविवाद पर्न सक्ने एवं घरायसी विवाद भने बढ्नेछ । मानसिक चिन्ताले बौद्धिक काममा बाधा आउनेछ । सन्ताको स्वास्थ्यमा समस्या देखिनेछ ।

तुला– महिलावर्गसँग दुश्मनी बढ्ने एवं घरायसी झैझगडा हुन सक्नेछ । साताको मध्यमा भने सवारी सुख मिल्ने एवं भोगविलासमा खर्च बढ्नेछ । साथीभाइले आर्थिक सहयोग गर्नेछन् तथा आफन्तबाट आश्वासन मिल्नेछ । स्वास्थ्यमा अनावस्यक चिन्ता बढ्नेछ । मित्र एवं विस्वासिलो व्यक्तिले धोका दिन सक्ने हुंदा आर्थिककाममा चनाखो बन्नुपर्छ खानपिनले र चिसोले सताउनेछ । पारीवारिक वैमनस्यता हुनेछ । आफन्तसँगको कारोबारमा केही असन्तुष्टि हुनेछ ।

वृश्चिक– दिदीबहिनी एवं बन्धुहरुबाट काममा प्रशंसा मिल्नेछ । साताको मध्यमा भने काममा बाधा आउने एवं आर्थिक रुपमा समस्या पर्ने तथा पारीवारिक सरसल्लाहमा कमी आउनेछ । साताको अन्त्यमा भने धनसम्पत्ति प्राति हुने एवं जग्गा जमिनको कारोबारमा सुख मिल्नेछ । उत्साह, उमंगले नया काममा गति बढ्नेछ । छोटो यात्राको अवसर मिल्ने एवं दाजुभाइको सहयोगले सामूहिक काम बन्नेछ ।

धनु– मिठो भोजनको सुख मिल्ने एवं परिवारसँगको भेटमा रमाइलो हुनेछ । साताको मध्यमा भने हिँडडुलले स्वास्थ्यमा समस्या दिने तथा अनावश्यक बोझ आइपर्नेछ । दाजुभाइको सहयोगले काममा भने सजिलो हुनेछ । यात्रामा भने झन्झट एवं व्यक्तिगत काममा बाधा पुग्नेछ । मीठो बचनको प्रयोगले सम्बन्ध राम्रो बन्नेछ । धनसम्पत्तिको कारोबारमा वृद्धि हुने, नयाँ काममा एवम स्वस्थ्यमा खर्च बढ्ने योग देखिन्छ ।

मकर– मनोरञ्जनमा खर्च हुनेछ । साथीभाइ भेटघाट बढ्ने एवं आफन्तसँग खानपिन तथा रमाइलोमा समय बित्नेछ । धनको कारोबारमा भने वृद्धि हुने तथा मित्रको सहयोग राम्रो हुनेछ । मिठो बोलीले काम बन्ने तथा कुटुम्बसँग सहयोगको वातावरण बन्नेछ । मानसम्मानको योग बढ्ने तथा काममा प्रशंसा मिल्नेछ । सवारी साधनमा समस्या आउनेछ । अनावश्यक क्षतिले आर्थिक भार बढ्नेछ । यात्रामा समस्या एवं सरसामान हराउन सक्नेछ ।

कुम्भ– सवारीसाधन भोगविलासमा मन जानेछ । साथीभाइसँगको रमाइलोमा धनको व्यय हुनेछ । साताको मध्यमा भने नयाँ मित्रसँग भेटघाट हुने तथा वैदेशिक सहायता मिल्ने एवं मनोरञ्जनमा बढी समय बित्नेछ । घरायसी काममा बढी खर्च हुनेछ । यात्रामा सामान हराउन सक्ने तथा सामान्य क्षति हुन सक्नेछ । स्वास्थ्यमा समस्या हुने तथापरिवारमा मनमुटाव बढ्नेछ ।

मीन– ऋणको भार कम हुने तथा सन्तानबाट आर्थिक सहयोग मिल्नेछ । साताको मध्यमा भने अचानक स्वास्थ्यमा समस्या देखिने एवं यात्रामा झन्झट आउनेछ । खर्च बढ्ने तथा आँटेको काममा अड्चन आउनेछ । साताको अन्त्यमा भने स्वास्थ्यमा सुधार हुने एवं आफन्तसँग भेटघाट मिल्नेछ । व्यवसायमा बाधा आउनेछ । आर्थिक कारोबारमा समस्या हुनाले पुरानो व्यवहारमा तनाव हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *