Butwal Sandesh

Best Nepali Online Newspaper

आजको राशिफल: बि सं २०७७ साल भदौ १३ गते शनिबार तदानुसार इश्बी सन २०२० अगस्ट २९ तारिख, कस्तो रहला तपाईको दिन? हेर्नुहोस दैनिक राशिफल!

Spread the love

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

शारीरिक थकान तथा मानसिक तनाब महशुस गर्नुहुनेछ। क्रोध तथा वाणीमा संयम राख्नुहोला। कार्यक्षेत्रमा परिस्थिति अनुकूल नहोला। कुनै धार्मिक तथा मांगलिक कार्यमा उपस्थित हुने अवसर मिल्नेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

शारीरिक तथा मानसिक रूपले अस्वस्थ रहनुहुनेछ। नयाँ कार्य सुरु गर्नको लागि समय उत्तम छैन। खान-पानमा विशेष ध्यान दिनुहोला। यात्रा गर्दा विशेष सावधान रहनुहोला। निश्चित समयमा कार्य सफल नहुँदा मन चिन्तित रहला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

परिवारजन तथा मित्रगणका साथ रमणीय समय बित्नेछ। मनोरन्जन क्षेत्रमा खर्च हुनेछ। सामाजिक मान-सम्मान बढ्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ । आर्थिक समस्याले सताउन सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

तपाईंको यस दिन आनन्दपूर्वक बित्नेछ। कार्यक्षेत्रमा परिस्थिति अनुकूल रहनेछ। परिवारमा आनन्दमय रूपले समय बित्नेछ। आवश्यक क्षेत्रमा खर्च हुनेछ । आर्थिक लाभ मिल्ने सम्भावना रहेको छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ। सिर्जनात्मक तथा कला क्षेत्रमा रुचि बढ्नेछ। सन्तानबाट शुभ समाचार प्राप्त हुने देखिन्छ। मनमा परोपकारी भावना उत्पन्न हुनेछ। मित्रगणका साथ रमणीय भेटघाट हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव गर्नुहुनेछ। परिवारको सदस्यको साथ मनमुटाव हुनसक्छ। आमाको स्वास्थ्यमा विशेष ध्यान राख्नुहोला। नयाँ कार्य सुरु गर्नको लागि समय शुभ छैन। खर्चमा वृद्धि हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

भाग्य वृद्धिको योग रहेको छ। भाई-बहिनीसँगको सम्बन्धमा सुधार आउनेछ। नयाँ कार्य प्रारम्भ गर्नको लागि समय अत्यन्त शुभ रहेको छ। शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ। सामाजिक मान-सम्मान प्राप्त हुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

परिवारमा सुख- शान्तिमय वातावरण रहनेछ। मनमा नकारात्मक भावना उत्पन्न होला। अनावश्यक खर्च हुँदा आर्थिक समस्या आउनसक्छ। विद्यार्थी वर्गको लागि समय अनुकूल छैन। वाणीमा संयम राख्नुहोला। धार्मिक कार्यमा मन लाग्नेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

धन लाभको योग रहेको छ। शारीरिक तथा मानसिक रूपले प्रशन्न रहनुहुनेछ। यात्राको योग बन्ने देखिन्छ। सोचेको काम पूरा हुँदा मन प्रशन्न रहनेछ। आफन्तजनसँग भेटघाट गर्ने अवसर मिल्नेछ। सामाजिक मान-प्रतिष्ठामा वृद्धि हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

स्वास्थ्यमा समस्या आउनसक्छ। धार्मिक तथा सामाजिक कार्यमा धन खर्च हुने देखिन्छ। आफन्तजनसँग मनमुटावको स्थिति आउनसक्छ। धनहानि तथा मानहानिको योग रहेको छ। वाणीमा संयम राख्नुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

नयाँ कार्य सुरु गर्नको लागि समय उत्तम रहेको छ। व्यापार व्यवसायमा विशेष लाभ मिल्ने सम्भावना रहेको छ। सामाजिक क्षेत्रमा मान-सम्मान मिल्नेछ। आयका स्रोत बढ्नेछन्। यात्राको योग रहेको छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछन्। व्यापार क्षेत्रमा समय अत्यन्त शुभ रहेको छ। आफू भन्दा ठूला तथा बुवाबाट लाभ मिल्ने देखिन्छ। परिवारमा आनन्दमय वातावरण रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *