Butwal Sandesh

Best Nepali Online Newspaper

‘नेपाल आइडल’ सिजन–३ को फाइनल आज । प्रवीण, सज्जा र किरणमा कसले बाजि मार्ला ??

Spread the love

काठमाडौं । ‘नेपाल आइडल’ सिजन–३ को फाइनल आज शुक्रबार हुने भएको छ । कोरोना म*हामारीको कारण यो पटक फाइनल पनि ‘नेपाल आइडल’ को स्टुडियोमै हुने छ । स्टुडियोमा प्रतिस्पर्धी, निर्णायक र म्युजिसियन मात्रै हुने कार्यक्रम संयोजक टिमले जानकारी दिएको छ । शुक्रबार साँझ ८ बजेबाट फाइनल सुरू हुनेछ । सोही दिनको साँझ ५ बजेसम्म फाइनलमा पुगेका तीनजनालाई भोट गर्न सकिने समयसीमा निर्धारण गरिएको छ । फाइनलमा प्रवीण बेडुवाल, सज्जा चौलागाईं र किरण कुमार भुजेल पुगेका छन् । किरण वाइल्ड कार्ड इन्ट्रीमार्फत ‘नेपाल आइडल’मा पुनः प्रवेश गरेका प्रतिस्पर्धी हुन् । यी तीन मध्ये सबैभन्दा धेरै भोट ल्याउने व्यक्ति नै नेपाल आइडलको विजेता हुनेछन् । नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक छन् । नेपाल आइडल सिजन–३ का विजेताले नगद ५० लाख रुपैयाँ प्राप्त गर्नेछन् । फस्र्ट रनरअपले १० लाख पाउँदा सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सामाजिक सञ्जालमा तीन प्रतिस्पर्धीमध्ये किरण कुमार भुजेलको चर्चा दर्शकले धेरै गरेको देखिएको छ । यधपि यो वर्ष कोरोना म*हामारीको कारण प्रतिस्पर्धीले आफ्नो गाउँ घरमा पुगेर भोट माग्न भने सकेनन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *