Butwal Sandesh

Best Nepali Online Newspaper

कतारबाट घर फर्कंदै हुनुहुन्छ ? यी अस्पतालमा गराउनुहोस् पीसीआर परीक्षण

Spread the love

काठमाडौं । कोरोना भाइरसका कारण कातारमा प्रभावित बनेर घर फर्कन चाहाने नेपालीहरुका लागि कोभिड १९ पीसीआर परीक्षण कतार सरकारबाट अनुमति प्राप्त विभिन्न निजी अस्पतालमा गएर गर्न सकिने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।

तोकिएको स्थानमा कोरोनाको पीसीआर परीक्षण गराउन सकिने र नेपाल आइपुग्ने दिनले ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट नेगेटिभ लिएर आएमा विमानस्थलबाट सिधै होम क्वरेण्टीनमा जान पाइनेछ । सरकारले भदौ १६ गतेदेखि पीसीआर परीक्षण सहज भएका देशहरुबाट नियमित उडान गर्दैछ भने पीसीआर सहज नभएका देशमा चार्टर्ड उडान भइ नै रहेको छ ।

हिमालय एअरलाइन्सले दोहा काठमाडौं आउँदो ३१ अगष्टमा पनि उडान भर्दैैछ । यसअघि टिकट लिएका र दूतावासको सूचीमा परेकाहरुले पुनः प्रमाणित गर्नका लागि सम्बन्धित एअरलाइन्स कम्पनीमा सम्पर्क गर्नुपर्छ । दोहाबाट काठमाण्डौका लागि १४ सय ३० कतारी रियाल भाडा तोकिएको छ ।

सरकारले पीसीआर रिपोर्ट नेगेटिभ लिएर आउनेहरुलाई काठमाडौंमा होटल क्वरेण्टीनमा बस्न नपर्ने निर्णय गरेको छ । तर पीसीआर रिपोर्ट नलिइ आएमा काठमाडौं आफ्नै खर्चमा होटल क्वरेण्टीनमा बस्नुपर्छ ।

यी ठाउँमा गर्न सकिन्छ पीसीआर परीक्षण

Leave a Reply

Your email address will not be published. Required fields are marked *