Butwal Sandesh

Best Nepali Online Newspaper

काठमाडौं उपत्यकामा थपियो लकडाउन

Spread the love

पछिल्लो केहिदिन यता काठमाडौं उपत्यकामा २ सय भन्दा बढि कोरोना सं*क्रमित दैनिक थपिन थालेपछि सरकारले भदौ ३ गतेदेखि सुरु गरेको निषेधाज्ञा थप एक हप्ता अर्थात भदौ १७ गतेसम्म लम्ब्याइएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् ।

मंगलबार उपत्यकामा जारी निषेधाज्ञाबारे छलफल तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु दिउँसो ३.०० बजे अबेरसम्म बैठक बसेपनि कुनै निर्णय नगरी बुधबार बिहान बैठक बस्ने निर्णय गर्ने बताएका थिए ।

सोमबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले पनि सं*क्रमण बढेको निष्कर्ष निकाल्दै १५ भदौसम्म निषेधाज्ञा लम्ब्याउन प्रशासनलाई सिफारिस गर्ने निर्णय गरेको थियो । तर तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा ५ दिन नभएर एक हप्ता बढाएका छन् । अब भदौ १७ गते रात्ति १२ बजेसम्म काठमाडौं उपत्यकामा तीन जिल्लामा निषेधाज्ञा जारी रहन्छ ।

निषेधाज्ञा लगाइएको अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामबाहेक बाहिर निस्कन पाइने छैन । बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ । अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकायबाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ ।

मंगलबार दिउँसोसम्म काठमाडौं उपत्यकामा ३ हजार ७ सय ८ जनामा कोरोना सं*क्रमण भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ९ सय ५५ जना भक्तपुरमा ३ सय जना र ललितपुरमा ४ सय ५३ जना कोरोना सं*क्रमित भेटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *