Butwal Sandesh

Best Nepali Online Newspaper

कुलमान प्रति प्रधानमन्त्री ओली र उर्जामन्त्री पुन नै सकारात्मक छैनन्

Spread the love

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल अब सकिदैछ । चार वषएको कार्यकाल सकिए पनि अब फेरी उनलार्य नै पुन नियुक्त गर्नुपर्छ भन्ने माग सर्वसाधारण देखि कलाकारहरुले समेत गरेका छन् । सामाजिक सञ्जालमा कुलमान चाहियो भन्दै अभियान नै सुरु भएको छ ।

तर सरकारले अहिले सम्म कुनै निर्णय गरेको छैन । मंगलवार कुलमानको फेक एकाउण्टवाट उनलाई सरकारले पुन नियुक्ति दिएको भनेर स्टाटस लेखियो । ट्वीटरमा कुलमानको नामवाट खोलीएको फेक ह्याण्डलमा मलाई पुन जिम्मेवारी दिनुभएकोमा धन्यवाद भन्दै ट्वीट गरिएपछि त्पसैका आधारमा समाचार समेत बने । तर उर्जामन्त्रीले त्यसको खण्डन गर्दै कुलमानका पक्षमा कुनै निर्णय नभएको बताए ।

चार वर्षअघि प्राधिकरणको निर्देशक भएपछि उनले दैनिक १८ घण्टासम्म हुदै आएको लोडसेडिङ शून्यमा झारेका कारण लोकपृय छन् । राम्रो काम गर्नेलाई फेरी अवसर दिनुपर्ने भन्दै सामाजिक सञ्जालमा उनको पक्षमा अभियान थालिएको छ । तर प्रधानमन्त्री केपी शर्मा ओली भने उनीप्रति सकारात्मक नभएको बुझिएको छ । लोडसेडिगं हटाएको एउटा राम्रो कामका पछाडी उनका थुप्रै कमजोरी छन् भन्दै प्रधानमन्त्री उनलार्य पुन नियुक्त गर्ने पक्षमा देखिएका छैनन् ।

यही भदौ २९ गते कुलमानको कार्यकाल सकिँदैछ। सामाजिक सञ्जालमा सेलिब्रेटीहरुले नै योजनाबद्ध रुपमा उनको पुनः नियुक्ति हुनुपर्छ भन्दै लबिङ गरिरहेका छन्। तर प्रधानमन्त्री ओली मात्र होइन ऊर्जामन्त्री वर्षमान पुन पनि उनीप्रति सकारात्मक नभउको बुझिएको छ । प्राधिकरकणमा सिइयो नियुक्तिबारे प्रधानमन्त्री ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ऊर्जामन्त्री पुनबीच छलफल भएको भएपनि ओली र पुन नै पुन नै कुलमान प्रति सकारात्मक नभएपछि यो विषय टुंगो लाग्न सकेको छैन ।

प्रचण्डले घिसिङलाई नै निरन्तरता दिन चाहे पनि ओली र मन्त्री पुन सकारात्मक नभएकाले उनको सम्भावना कम रहेको विश्वस्त स्रोतको दाबी छ। विद्युतमा लगानी गरेका निजी क्षेत्रसमेत घिसिङलाई निरन्तरता दिन नहुने पक्षमा र रहेकाले लबिङ गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *