Butwal Sandesh

Best Nepali Online Newspaper

६ महिना पछि खुल्यो अन्तराष्ट्रिय उडान, यि ८ मुलुकमा हुनेछ नियमित उडान

Spread the love

काठमाडौं । कोरोना फैलन नदिन सरकारले बन्द गरेको अन्तराष्ट्रिय उडान सुचारु गर्ने भएको छ । कोरोना नियन्त्रणका लागि सरकारले ६ महिना अघि बन्द गरेको उडान फुकुवा गरेको हो । सरकारले अब ८ वटा मुलुकमा उडान गर्ने निर्णय गरेको छ । गत चैत १० गते देखि बन्द भएको उडान सुचारु गर्ने निर्णय गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ८ देशमाथिको उडान प्रतिवन्ध खुला गरेको हो । अब मलेसिया, टर्की, दक्षिण कोरिया, जापान, चीन, हङकङ, यूएई र कतारमा नियमित उडान हुने भएको छ । सुरुमा एक महिना खुला गर्ने र त्यस पछि अवस्था हेरेर थप निर्णय गर्ने भएको छ । सेप्टेम्बर १ देखि नियमित उडान सुचारु गरेपछि थप निर्णय एक महिना पछि हुने मन्त्रालयले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्री योगेश भट्टराईले दैनिक उडान गर्न माग आएका कारण यस्तो निर्णय गरिएको बताए । पिसिआर परिक्षण सहज हुने मुलुकमा पहिलो चरणमा उडानका लागि छनौट गरिएको हो । तर यी देशबाट पनि पर्यटक र गैरआवासीय नेपाली भने आउन पाउने छैनन् । नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारी, विकास साझेदारी संघ संस्थाका कर्मचारी तथा प्रतिनिधि मात्र आउन पाउने छन् । त्यो पनि सरकारी आमन्त्रणमा मात्र आउन पाउने छन् । चीनका ३ शहरमा पनि उडान हुने भएका छन् । चुङछिङ, ग्वाङझाउ र छेन्दुमा उडान हुने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *