Butwal Sandesh

Best Nepali Online Newspaper

हिजो दिनभर : नेपाल कोरोना सं*क्रमणबाट निको हुने दर घट्दै , हालसम्म १ सय ५७ जनाको मृ*त्यु

Spread the love

काठमाडौं उपत्यकामा थपिए २२४ सं*क्रमित राजधानी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २२४ संक्रमित थपिएका छन् । राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले थपिएको संख्याबारे जानकारी दिए । थपिएकामध्ये काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना रहेका छन् ।

थप ७४३ जनामा कोरोना पुष्टि, मृ*तकको संख्या १५७ पुग्यो

पछिल्लो २४ घण्टामा नेपालमा थप ७४३ जनामा कोरोना भाइरस सं*क्रमण पुष्टि भएको छ । राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले थपिएको संख्याबारे जानकारी दिए ।

राजधानी काठमाडौं उपत्यकामा २२४ सं*क्रमित थपिएका छन् । थपिएकामध्ये काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना रहेका छन् । देशभर सक्रिय सं*क्रमित १३ हजार ७१५ जना रहेका छन् । सं*क्रमितहरू संस्थागत आइसोलेसनमा ९ हजार १५४ जना र होम आइसोलेसनमा ४ हजार ५६१ जना रहेका छन् ।

हाल क्वारेन्टीनमा ११ हजार २७५ जना रहेका प्रवक्ता गौतमले बताए । हालसम्म अस्पतालबाट डिस्चार्ज भएको संख्या १८ हजार ८०६ रहेको जानकारी दिँदै गौतमले निको हुने दर ५८% रहेको जानकारी दिए । सक्रिय सं*क्रमित ५०० जनाभन्दा बढी रहेका जिल्लामा मोरङ, पर्सा, महोत्तरी, रौतहट, सर्लाही, बारा र काठमाडौं रहेका छन् भने मुस्ताङ र हुम्लामा शून्य सं*क्रमित छन् ।

पछिल्लो विवरण अनुसार कोरोनाबाट थप ८ जनाको मृ*त्यु भएको छ । सुनसरीमा ६८ वर्षीय पुरुष, मोरङमा ६५ वर्षीय पुरुष, पर्सामा ७० वर्षीया महिला, काठमाडौंमा ४८ वर्षीया महिला तथा रुपन्देहीमा ६८ वर्षीया महिला र ३८, ५३, ५४ वर्षीय पुरुषको मृ*त्यु भएको प्रवक्ता गौतमले बताए । यससँगै मृ*तकको संख्या १५७ पुगेको छ । विश्वको तुलनामा नेपालमा कोरोना निको हुने दर १० प्रतिशत कम  नेपाल कोरोना भाइरस (कोभिड–१९) को सं*क्रमणबाट निको हुने दर क्रमशः घट्दै गएको छ । 

विश्वको तुलनामा नेपालमा सं*क्रमणबाट निको हुने दर करिब १० प्रतिशतले कम रहेको छ । अहिले नेपालमा निको हुने दर ५८.३ प्रतिशत रहेको छ भने विश्वमा ६८.१ प्रतिशत रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा विश्वको तुलनामा नेपालमा सं*क्रमणबाट निको हुने दर ९.८ प्रतिशतले कम रहेको छ । तथ्यांक भन्दाबढी नै निको भएको सरकारी अधिकारी बताउँछन् । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले तथ्यांकअनुसार नेपालमा विश्वको तुलनामा संक्रमण हुने दर कम भए पनि वास्तविक त्यसो नभएको बताए । उनले पछिल्लो समय रिपोर्टिङ गर्ने कम भइरहेकाले निको हुने दर तथ्यांकमा कम देखिएको बताए ।

‘हामीले सबै ठाउँबाट तथ्यांक संकलन गर्न सकेका छैनौं,’ उनले भने, ‘सं*क्रमित दैनिक निको हुनेको संख्या बढी भए पनि संकलनमा समस्या भएकाले निको हुनेको कम तथ्यांक आएको हो ।’ उनले सबै ठाउँबाट तथ्यांक आइसकेपछि निको हुने दर बढी देखिने बताए ।

विश्वमा अहिले २ करोड ३४ लाख ९०० जना सं*क्रमित भएका छन् भने १ करोड ५९ लाख ३५ हजार ४७३ जना निको भएर घर फर्किसकेका छन् । जुन निको हुनेको संख्या ६८.१ प्रतिशत हो । विश्वमा अहिलेसम्म ८ लाख ९ हजार ९८६ जनाको कोभिड–१९ सं*क्रमणबाट मृ*त्यु भइसकेको छ । जुन मृत्युदर ३.५ प्रतिशत हो ।

नेपालमा ६ लाख ४४४ जनामा पीसीआर परीक्षण गर्दा ३१ हजार ९३५ जनामा संक्रमण देखिएको छ । सोमध्ये १८ हजार ६३१ जना सं*क्रमणमुक्त भइ घर फर्किसकेका छन् । जुन ५८.३ प्रतिशत हो । नेपालमा अहिलेसम्म १४९ जनाको संक्रमणबाट ज्यान गइसकेको छ । ११ हजार ४१४ जना क्वारेन्टीन र १३ हजार १५५ जना आइसोलेसनमा रहेका छन् ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले सबै तथ्यांक संकलन गर्न नसकेकाले निको हुने दरको संख्यामा कमी देखिएको बताए । ‘हामीले सबै सं*क्रमितलाई अस्पतालमा भर्ना गरेका छैनौं, कति होम आइसोलेसना पनि बसेर निको भएका छन्, कतिको निको भएपछि पनि पीसीआर परीक्षण भएको छैनन्,’ उनले भने,  ‘सबैको तथ्यांक हामीसँग आउँदैन, त्यसैले तथ्यांकमा निको हुनेको संख्या कमि देखिएको हो, धेरै नै निको भएका छन्, तर वास्तविक त्यस्तो होइन ।’ उनका अनुसार करीब ८० देखि ९० प्रतिशत सं*क्रमित निको भएर घर फर्किसकेका छन् ।

सरकारले गत चैत ११ गतेदेखि जारी गरेको बन्दाबन्दी (लकडाउन) साउन ७ गतेदेखि खुला गरेको थियो । पुनः सङ्क्रमित बढ्दै गएपछि अहिले अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । काठमाडौं उपत्यकामा भदौ ४ गतदेखि १० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । चैत ११ गतेदेखि स्कुल, कलेज, सार्वजनिक यातायात, सभा, गोष्ठी, जात्राजस्ता बढी भीडभाड हुने कार्य गर्न रोक लगाइएको छ ।

आइतवार २८१ जना सं*क्रमण जितेर घर गएका छन् । आजभन्दा ठीक १ महिना पहिला गत साउन ७ गते संक्रमणमुक्त भएर जाने ७०.१ प्रतिशत रहेको थियो । १ महिनाको बीचमा निको हुने दर पनि ११.२ प्रतिशतले कमी आएको छ । यही भदौ ६ गते १३६ जना निको भएर घर जाँदा निको प्रतिशत ५८.९ प्रतिशत, भदौ ५ गते २५० जना निको भएर घर जाँदा निको प्रतिशत ५९.८ प्रतिशत रहेको थियो ।

भदौ ३ गते १२० जना निको भएर घर जाँदा ६१.२ प्रतिशत, भदौ २ गते ८५ जना निको भएर घर जाँदा ६२.२ प्रतिशत र भदौ १ गते १६० जना निको भएर घर जाँदा ६४.२ प्रतिशत रहेको थियो । यसरी प्रतिदिन निको हुने दर पनि कमी आएको छ । – शरद शर्मा/रासस

आइसोलेसन तोडफोडमा संलग्न थप चार प*क्राउ, हराएका सामानको खोजीकार्य जारी

सङ्खुवासभा जिल्ला अस्पताल खाँदबारीको आइसोलेसन तोडफोडमा संलग्न थप चार जना प*क्राउ परेका छन् । कोरोना स*ङ्क्रमित राख्न हिमालय किरण क्याम्पसमा बनाइएको आइसोलेसन तोडफोड गरेको आरोपमा थप चार जना प*क्राउ परेका हुन् ।

आइसोलेसन तोडफोड गरेको आ*रोपमा प्रहरीले खाँदबारी नगरपालिका–७ का हरी बुढाथोकी, पासाङ शेर्पा, विकास थापा मगर र लाखबहादुर राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए ।

क्याम्पसमा बनाइएको १० वार्डको आइसोलेसन सेण्टर तोडफोडमा संलग्न भएका चारै जनालाई जिल्ला अदालत चैनपुरबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइसोलेसन सेण्टर तोडफोड गरेको आ*रोपमा यस अघि हिमाल किरण क्याम्पसका प्रमुख डा मात्रिका तिम्सिनालाई प*क्राउ गरिएको थियो ।

प्रमुख डा. तिम्सिनाको अगुवाइमा आइसोलेसन सेण्टर तोडफोड हुँदा हराएका सामानको खोजतलास भइरहेको भए पनि अहिलेसम्म फेला नपरेको प्रहरी प्रमुख मल्लले बताए ।

काठमाडौँ उपत्यकामा मात्र २८ हजार कोरोना परीक्षण गर्ने नगरपालिका फोरमको निर्णय

उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्याकट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाउने निर्णय गरेको छ । आज बसेको उपत्यका नगरपालिका फोरमको बैठकले यस्तो निर्णय गरेको हो ।

उपत्यकामा समूदायस्तरमै कोभिड—१९ को सं*क्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि तत्कालै स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाउने निर्णय गरेको उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।

‘स्वास्थ्य मन्त्रालयको टीमसहित भोलिबाटै उपत्यकाका १८ वटै पालिकामा तालिका बनाएरै कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङको कार्य अघि बढाऔँछौँ,’ बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हामी उपत्यकाका सबै पालिकामा कन्ट्याक्ट ट्रेसिङको दायरामा परेका नागरिकको टेस्टिङ गर्छौ । यसमा स्वास्थ्य मन्त्रालयका अनुभवी टीम पनि हाम्रो साथमा रहने छ ।’

शाक्यले अहिलेसम्म उपत्यकाका १८ वटै पालिकाको तथ्याङ्क अनुसार २७ सय ४६ जना सं*क्रमित भेटिएको भन्दै त्यसका आधारमा करीब २८ हजार पाँच सयको कन्ट्याक्ट ट्रेसिङ गर्नु पर्ने हुनसक्ने बताए । उनले ढिलोमा १५ गतेसम्ममा ती सबैको परीक्षण सक्ने गरी तालिका बनाएर अघि बढ्ने पनि जानकारी दिए ।

‘पीसीआर औषधी होइन त्यसैलै रहरले परीक्षण गर्नेहरुहरुलाई होइन कन्ट्याक्ट ट्रेसिङको दायरामा परेका लुकेर बसेका रहेछन् भने पनि ती सबैको खोजिखोजी हामी परीक्षण गर्छौं । सञ्चारमाध्ययमले पनि सहयोग गर्नुहोला,’ उनले भने ।

त्यसैगरी बैठकले उपत्यकाका स्थानीय तहबाट प्रवाहित हुँदै आएका सेवाहरुमध्ये अत्यावश्यक  बाहेकका सेवालाई भदौ ९ गतेसम्म कायम गरिएकोमा पुनः भदौ १५ गतेसम्मका लागि स्थगन गर्ने निर्णय गरेको छ ।

‘उपत्यकाका स्थानीय तहबाट प्रवाहित हुँदै आएका सेवाहरु मध्ये अत्याश्येकबाहेकका सेवालाई भदौ ९ गतेसम्म कायम गरिएकोमा पुनः भदौ १५ गतेसम्मका लागि स्थगन गर्ने निर्णय गरेका छौँ,’ उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भने, ‘उपत्यकाका तीन वटै जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञाको अवधी पनि भदौ १५ गतेसम्म बढाउन हामीले आग्रह गरेका छौँ ।’

उनले निषेधाज्ञाको अवधि भित्रै कन्ट्याक्ट ट्रेसिङको काम सम्पन्न गर्ने गरी अघि बढेको बताए । ‘स्वास्थ्य मन्त्रालयले १८ वटा पालिकालाई भोलिबाटै १८ जना फोकल पर्सन तोक्ने प्रतिवद्धता व्यक्त गरेको छ,’ उनले भने, ‘हामी उहाँहरुसँग सहकार्य गरेर भोलिबाटै फिल्डमा जान्छौँ ।’

बैठकमा उपस्थित मेयरहरुले एकीकृत आइसोलेशन निर्माण गर्ने, डेलिकेटेट एम्बुलेन्सको व्यवस्था हुनुपर्ने, स्वास्थ्य मन्त्रालयले छिटो सूचना दिनुपर्ने जस्ता माग राखेका थिए । बैठकमा सहभागी स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका जनस्वास्थ्य सल्लाहकार डा. खेम कार्कीले कोरोना विरुद्धको युद्धमा एक जुट नहुने हो भने कोरोनाले जित्ने बताए ।

‘काठमाडौँभित्र कम्तीमा १५ हजार संक्रमित रहेको हुनसक्ने अनुमान छ,’ उनले भने, ‘हामीले त्यो चेन तोड्न सकेनौँ भने अवस्था भयावह हुनसक्छ । त्यसैले २४ सै घण्टा कोरोना नियन्त्रणमा लाग्नुपर्छ ।’

उनले मन्त्रालय प्राविधिक सहयोग गर्न तयार रहेको भन्दै सबै पालिकालाई संक्रमित व्यक्तिलाई समूदायबाट हटाएर आइसोलेट गर्नुपर्नेमा जोड दिए । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले नेपालले महामारी पहिलो पटक भोगेको भन्दै कन्ट्याक्ट ट्रेसिङ गर्ने, परीक्षण गर्ने आइसोलेट गर्ने उपचार गर्ने विधिलाई प्राथमिकता दिनुपर्छ भने ।

‘ट्रेस टेस्ट आइसोलेट गर्न तपाईँहरु लाग्नुहोस् हामी सहयोग गर्न तयार छौँ,’ उनले भने, ‘तपाईँहरुले नेतृत्व लिनुपर्छ । मन्त्रालय, विभाग, जिल्ला सहयोग गर्न तयार छ ।’

उनले धेरै भन्दा धेरै टेस्ट गर्न पनि सुझाव दिनुभयो । स्वाथ्य विभागका महानिर्देशक दिपेन्द्ररमण सिंहले आवश्यक जनशक्ति व्यवस्थापनमा विभाग तयार रहेको जानकारी दिए । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले पछिल्लो समय संक्रमित बढेको भन्दै त्यसले उपत्यकामा संक्रमित धेरै छन् भन्ने प्रमाणित गरेको जानकारी दिए ।

‘अहिलेको आवश्यकता भनेको समूदायमा जान सक्ने खतरालाई रोक्ने नै हो,’ उनले भने, ‘हामी सहजीकरण गर्न तयार छौँ, काम तपाईँहरु गर्नुहोस् ।’

उनले कोटेश्वर, महाराजगञ्ज र बानेश्वर क्षेत्रमा बढी संक्रमित देखिएको भन्दै लगातर वृद्धि भएको स्मरण गराए । स्वास्थ्य सेवा विभाग डाक्टर अमित पोख्रेलले कन्ट्याक्ट टे«सिङबाट चेन व्रेक गर्न सकियो भने ८५ प्रतिशत सुरक्षित हुने बताए ।

रेमिट्यान्स सवा चार अर्बले घट्यो

गत आर्थिक वर्ष ०७६/७७ मा नेपालमा आठ खर्ब ७५ अर्ब ३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो त्यस अघिल्लो आवको तुलनामा चार अर्ब २४ करोड कम हो।

आर्थिक वर्ष २०७५/७६ मा ८ खर्ब ७९ अर्ब २७ करोड रेमिट्यान्स आएको थियो।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा रेमिट्यान्समा ०.५ प्रतिशतले कमी आएको हो।

आव २०७६/७७ मा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३.३ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ७.८ प्रतिशतले बढेको थियो। आव २०७६/७७ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २०.५ प्रतिशतले घटेको छ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा वर्षमा ३४.७ प्रतिशतले घटेको छ।

सिन्धुपाल्चोकका बाढीपहिरोबाट विस्थापितलाई तत्काल स्थानान्तरण गरिने

सिन्धुपाल्चोकका बाढीपहिरोबाट विस्थापित भएकालाई तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउँदै सुरक्षित स्थानमा स्थायी स्थानान्तरण गर्ने समझदारी बनेको छ।

सभामुख अग्निप्रसाद सापकोटाको पहलमा साेमबार सिंहदरबारमा भएको उच्चस्तरीय छलफलमा जोखिमयुक्त वस्तीको प्राविधिक अध्ययन तथा पुनःसर्वेक्षण गर्ने, पहिरोबाट बेपत्ता भएकाको खोजी जारी राख्दै थप राहत सामग्री उपलब्ध गराउने समझदारी भएको हो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिमयुक्त वस्तीको अध्ययनका लागि प्राविधिक टोली सिन्धुपाल्चोक पठाउने छ भने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तत्कालीन राहतको व्यवस्था गर्ने छ। यस्तै जोखिमयुक्त वस्तीबाट स्थानान्तरण गरिने परिवारका लागि स्थानीय तहले सुरक्षित जग्गा व्यवस्थापनको काम गर्ने छ।

यस्तै छलफलमा जुरे पहिरो पीडितका लागि सर्वसाधारणबाट संकलन भई राज्य कोषमा रहेको रकम यथाशीघ्र निकासा गर्ने, सिन्धुपाल्चोकमा विस्थापितको स्थायी बसोबासका लागि एकीकृत मोडेल बनाउने र अरनिको राजमार्ग तत्काल सञ्चालनमा ल्याउने निर्क्यौल गरिएको छ।

छलफलमा गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री डा.युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री, वसन्त कुमार नेम्वाङ, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल,  सिन्धुपाल्चोक क्षेत्र नं २ का सांसद शेरबहादुर तामाङको सहभागिता रहेको थियो।

त्यस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, बागमती प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री अरुण नेपाल, बागमती प्रदेश सभाको अर्थ तथा विकास समितिका सभापति सुरेश नेपाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेल, जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामाङ उपस्थित थिए।

त्यसैगरी छलफलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सिन्धुपाल्चोक सह इन्चार्ज माधव सापकोटा, बाह्रविसे नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पा, जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठ, भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलको पनि उपस्थिति रहेको थियो।

सिन्धुपाल्चोक जिल्लामा २०७७ असार र साउन महिनामा मात्र बाढीपहिरोका कारण ५४  जनाको मृत्यु भएको छ भने २६ बेपत्ता छन्। त्यसैगरी १ सय ५ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *