Butwal Sandesh

Best Nepali Online Newspaper

चाणक्यका यी भनाइ जसले मानिसको जीवन बदल्न सक्छ

Spread the love

काठमाडौँ । आचार्य चाणक्य पुरातन समयका शिक्षक, दार्शनिक, अर्थशास्त्री, न्यायशास्त्री र शाही सल्लाहकार थिए । परम्परागत रूपमा उनलाई कौटिल्य वा विष्णुगुप्त भनेर चिनिन्थ्यो। त्यसैगरी उनलाई राजनीति विज्ञान र अर्थशास्त्रको अग्रगामी दूत मानिन्छ। चाणक्यले ’चाणक्य नीति’ नामक पुस्तक समेत प्रकाशित गरेका थिए जसले मानिसको जीवनलाई एक सार्थक मोड दिनसक्छ।

१. मुर्ख व्यक्तिसँग कहिल्लै वि*वाद नगर्नुहोस : चाणक्य भन्दछन् कहिले कहीं मानिसले मुर्ख व्यक्तिको सामना गर्नुपर्छ र उसका कुराहरुलाई सुन्नुपर्ने हुन्छ। यदि त्यस्तो अवस्था आउँछ र मुर्खसँग दोहोरो वि*वाद गर्नुपर्यो भने कहिले दोहोरो वि*वाद नगर्नुहोस् । भरिसक्के आफ्नो विवेक प्रयोग गरि उसका कुरा सुनिराख्नु र त्यस ठाउँ वा अवस्थालाई त्याग्नुहोस् । मुर्ख व्यक्तिले एक विवेकशील व्यक्तिको मानसिक ऊर्जालाई समेत कम गरि उसको इज्जतलाई समेत असर गर्ने गर्दछ।

२. आफ्नो कमजोरी कसैलाई नसुनाउनुहोस : अधिकांस व्यक्तिहरुले आफ्नो नजिकको मानिससँग आफ्ना सबै भित्रि कुरा सुनाउने गर्ने गर्छन्, जुन एक समयको लागि ठिक जस्तो देखिन्छ तर पछि गएर यसले भ*यानक रुप लिने गर्छ। मानिसको जन्म हुँदा उ एक्लै हुन्छ र जब मानिस संसारिक जीवनमा प्रवेश गर्दछ, उसले अनेकौं पारिवारिक सम्वन्ध सिर्जना गर्दै आफ्ना कमजोरीहरु यी यस्ता पारिवारिक सम्वन्धमा सुनाउँदछ । जुनपछि गएर परिवारबाहेक अन्य व्यक्तिहरु कानमा पुग्ने गर्छ र अन्ततस् त्यसले आफैलाई हानि गर्दछ । हरेक मानिसको एउटा एउटा कमजोरी हुने गर्दछ जुन कमजोरी अरुलाई सुनाउँदा पछि त्यसले घा*तक रुप लिने गर्दछ । त्यसैले चाणक्य भन्दछन् आफ्नो कमजोरी साथी, परिवार, पत्नी सन्तान कसैलाई नसुनाउनु।

३. मानिसको एक दो*षले सबै गुणहरु नस्ट गर्दछ : जीवनमा त्यस्तो धेरै घट्ना देख्न सकिन्छ, जहाँ मानिसले सुख, सुविधा, धन तथा अन्य सम्भावित सबै चीजहरू पाए पनि मानिसको एक दुष्कर्म वा दो*षले उसका सबै गुणहरु समाजमा नस्ट गराइदिन्छ । मानिसको जतिसुकै समाजमा प्रतिष्ठा भए पनि उसको एउटा सानो गल्तीले उसका सबै इज्जत नष्ट हुनेगर्दछ। तसर्थ, चाणक्यका अनुसार मानिसले यस्ता सबै दोष तथा अवगुणहरुलाई त्याग्नु पर्ने हुन्छ।

४. सोचेर खर्च गरौँ : मानिसको लागि धन निकै आवश्यक चिज हो। एउटा भनाइ अनुसार “धन छ त् जीवन छ“ भने जस्तै धन बिना मानिसको समाजमा प्रतिष्ठा जोगाउन मुस्किल पर्छ । धन कमाउन धेरै मेहनत तथा परिश्रम गर्नुपर्छ। कतिपय मानिस त्यस्तो धनलाई धुँवा सरी उडाउने गर्दछन्। चाणक्यका अनुसार यसरी मेहनत तथा परिश्रम गरेको धनलाई किन बर्बाद गर्नु ? यदि कोहीसँग अथाह धन छ भने पनि यसलाई सोचेर मात्र खर्च गर्नुपर्छ किनभने समय परिवर्तनशिल छ र मानिसको जीवनमा कस्तो घट्ना आइपर्छ पत्तो हुँदैन ।

५. बदनामी वा अपमानसँग डराउने गरौँ : चाणक्यका अनुसार अपमानित हुनु भन्दा मृ*त्यु हुनु ठिक हो। मृ*त्युले केवल एकचोटी मात्र दुख दिन्छ, तर बदनाम र अपमानले मानिसलाई पटक पटक दुःख दिन्छ। त्यसैले मानिसले हरेकपल अपमान र बदनामीसँग डराउनु पर्दछ।

६. जसले अरुको कुरा सुन्दैन उसलाई कहिल्ले विश्वास नगर्नुहोस : कतिपय मानिसहरु यस्ता हुन्छन्, जो सँगै बस्छन, सँगै खान्छन् र आफ्ना महत्वपुर्ण कुराहरु मज्जाले प्रस्तुत गर्ने गर्छन्, तर यदि ति मानिसहरु आफ्ना कुराहरु मात्र राख्ने र अरुको कुरा सुन्दैनन् भने उसलाई कहिल्यै पनि विश्वास नगरौँ । चाणक्यका अनुसार यस्ता व्यक्तिले जीवनमा ठुलो धो*का दिन सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *