घरबेटिले कोरोना सं*क्रमितलाई बनाइ दिए छुट्टै शौचालय र बस्ने कोठा, #HugeRespectForHim?? सबैले एक पटक पढ्नै पर्ने कुरा।।।

एक साताअघि कृष्ण सुवेदीको घरमा भाडामा बस्ने एक जनालाई कोरोना सं*क्रमण पुष्टि भयो । महानगरले बनाएको आइसोलेसनमा बेड खाली नभएका कारण सं*क्रमित युवतीलाई कहाँ जाने भन्ने टुंगो थिएन । बस्ने ठाउँ नभएपछि सुवेदीले छुट्टै कोठा र शौचालयको व्यवस्था गरिदिएका हुन् ।

‘पोजेटिभ रिपोर्ट आएपछि छोरीलाई अन्तै कता पठाउनुभएको रहेछ’ पूर्व शिक्षकसमेत रहेका सुवेदीले भने ‘हामी पनि अभिभावक हौं, बाहिर बस्न दिन मनले मानेन, घरमै बोलाएर छुट्टै कोठा र शौचालय व्यवस्था गरिदिएँ ।’

सुवेदीको दुई तल्ले घर छ । भुई तल्लामा सं*क्रमित युवतीलाई छुट्टै शौचालय र कोठा व्यवस्था गरिदिएका छन् । युवतीको परिवारलाई पनि छुट्टै शौचालय बनाइदिएका छन् । सुवेदी श्रीमती र छोरासहित दोस्रो तलामा बस्छन् ।

‘यो रोगले धनी गरिब कसैलाई छोड्दैन’ उनले भने ‘मान्छे मर्दा छुन समेत पाइन्न, यस्तो बेला हामीले मानवता देखाउनुपर्छ ।’ मानवता भनेको यस्तो पो हुनुपर्छ।??

#नोट:- हाम्रो समाजमा कोरोना सं*क्रमित देख्ने बित्तिकै उसलाई र उसको परिवारलाई नराम्रो दृष्टिकोणले हेर्छन् नराम्रो व्यवहार गर्छन्।जति पढेको समाज त्यति नै नराम्रो सोच छ।त्यसैले सकेसम्म कसैलाई हेला नगरौ सोचमा परिवर्तन ल्याऔं।?? – सामाजिक संजाल फेसबुकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *