च्याम्पियन्स लिगको उपाधि बार्यन म्युनिखले जित्यो

फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) लाई स्तब्ध पारी जर्मन क्लब बार्यन म्युनिख युरोपियन च्याम्पियन बनेको छ ।

फाइनलमा फ्रेन्च च्याम्पियनलाई एक शून्यले हराउँदै बार्यनले छैठौं पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो । बार्यनको जितमा कोमनको एक मात्र गोल निर्णायक बन्यो ।

उनले ५९औं मिनेटमा जोसअ किम्मिकको पासमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । फ्रेन्च खेलाडीको त्यो गोल नै पिएसजीलाई हराउन पर्याप्त बन्यो ।

च्याम्पियन्स लिगमा पाँच सय गोल गर्ने बार्यन तेस्रो टिम बनेको छ । बायर्नभन्दा अगाडि बार्सिलोना र रियल रहेको छ । बार्सिलोनाले ५१७ गोल र रियलले ५६७ गोल गरेको छ ।

२०१३ मा घरेलु दुई ट्रफी र च्याम्पियन्स लिग जित्दै ट्रेबल बनाएको बायर्नले यसपटक पनि ट्रेबल उपाधि जितेको छ । बायर्न दोस्रो पटक ट्रेबल उपाधि जित्ने दोस्रो क्लब बनेको छ ।

बायर्नले यस सिजन जर्मन बुण्डेसलिगा, जर्मन कप र च्याम्पियन्स लिग जितेको हो ।

यसअघि स्पानिस क्लब बार्सिलोनाले २००९ र २०१५ मा दुई पटक ट्रेबल जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *