Butwal Sandesh

Best Nepali Online Newspaper

आज काठमाडौं उपत्यकामा १८२ जनासहित थप ८३८ जनामा कोरोना सं*क्रमण

Spread the love

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८२ सहित नेपालभर थप ८३८ जनामा कोरोना सं*क्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ३८ जनामा सं*क्रमण पुष्टि भएको हो । जसमध्य काठमाडौं उपत्यकामा मात्र १८२ जनामा सं*क्रमण भेटिएका छ ।

यो संगै सं*क्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । जसमध्ये उपचारपछि निको भएर १८ हजार २१४ जना डिस्चार्ज भएका छन् । शुक्रबारमात्र २५० जना डिस्चार्ज भएका मन्त्रालयले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार शुक्रबार सबैभन्दा धेरै काठमाडौं उपत्यकामा १४२ जना कोरोना सं*क्रमित मध्य काठमाडौंमा १४२, ललितपुरमा १५ र भक्तपुरमा २५ जना गरी जम्मा १८२ जना सं*क्रमित थपिएका थपिएका छन् । त्यस्तै कैलालीमा ८५ जना, पर्सामा ८०, जुम्लामा ५३ जना, मोरङमा ४५, बारामा ४०, अछाममा ३८, डोटीमा ३४, मकवानपुरमा ३२, सुनसरीमा २९, सर्लाही २४, चितवनमा २३, बाँकेमा २० जना सं*क्रमित देखिएका छन् ।

नवलपरासी पूर्वमा १९, रुपन्देही १७, सिरहा १६,कञ्चनपुरमा १४ जना, जना, रौतहटमा ११, सिन्धुलीमा ८, झापामा ७, बर्दिया र प्युठानमा ६–६ जना, सप्तरीमा ५ जना, इलाम र दाङमा ४–४ जना, धनुषा, बागलुङ, रुकुम पश्चिम र बैतडीमा ३–३ जना रहेका छन् ।

उदयपुर, नुवाकोट, मनाङ, कपिलवस्तु र डडेल्धुरामा २र२ जना सं*क्रमित थपिएका छन् । ताप्लेजुङ, पाँचथर, पर्वत, कास्की, स्याङ्जा, गुल्मी, अर्घाखाँची, पाल्पा, रोल्पा, रसुवा, दोलखा, धादिङ, कालीकोट, दैलेखमा १–१ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *